Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न नयाँ जनक्रान्तिको आवश्यकता : अध्यक्ष दाहाल

- shuvadmin / बुधबार, मङि्सर १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न नयाँ जनक्रान्तिको आवश्यकता रहेको
बताएका छन् ।

गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले विद्रोहका लागि जनयुद्ध लडेका शक्तिलाई समेत एकजुट हुन आग्रह गरे ।

‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं,’ दाहालले भने ।

भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनले बताए ।

जनयुद्धमा जस्तै फेरि जनताको तागत देखाउने बेला आयो’, उनले भने, ‘क्रान्तिकारी योद्धाहरूलाई संगठित गर्ने, सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गर्ने सडकमा विशाल शक्ति ल्याएर षड्यन्त्रकारीहरूलाई परास्त गर्न म जनयुद्ध लडेका पार्टी र योद्धाहरूलाई अपिल गर्छु ।’

‘साथै, उनले माओवादी अब कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने पनि जिकिर गरे ।

‘प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने, खोस्ने जो षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नका लागि एकचोटी अगाडि जानुछ ।

म त बाटो लागिसकेँ,’ अध्यक्ष दाहालले भने, ‘मैले अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ ।

माओवादीलाई अपमानित गर्ने सबैविरुद्ध हामी लडाईं लड्छौं भनेर भनेको छु । म अगाडि बढिसकेँ, अहिले म यो भन्दा धेरै भन्दिनँ ।’

Page Views: 62
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama