Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलमा कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जीत

- shuvadmin / मङ्गलबार, मङि्सर २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एनपीएलमा कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले पहिलो जीत हासिल गरेको छ ।

रोहितले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीको पहिलो जीत सम्भव भएको हो ।

रोहितले ब्याटिङको क्रममा ८० रनको योगदान गर्दा बलिङमा १७ रन खर्चेर ४ विकेट लिएका हुन् ।

यससँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना जीवित रहेको छ । एनपीएलमा अब लुम्बिनीले लिग चरणमा काठमाण्डु गुर्खाज र कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

यी दुवै खेलमा जीत हासिल गर्दै लुम्बिनीले प्लेअफ पुग्न थप अन्य खेलमा नतिजामा पनि भर पर्नुपर्ने छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले हरायो ।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवन पूरै ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो ।

चितवनका लागि लुक बेन्केनस्टाइनले ३१ रन बनाए । कप्तान कुशल मल्लले २०, रवि बोपाराले १२ र सन्तोष कार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडी गतिलो प्रदर्शन गर्न सकेनन् ।

लुम्बिनीका लागि रोहितले ४, रामोन सिमन्ड्सले २ तथा अभिषेश गौतम र साद विन जफरले एकरएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान पौडेलले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे । साद बिन जफरले ५२ रन बनाए ।

सुरुवातमा ४ विकेट गुमाएर धरापमा आएको लुम्बिनीको ब्याटिङलाई रोहित र जफरको शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए ।

५ विकेटका लागि ६४ बलमा रोहित र जफरले १०० रनको साझेदारी पूरा गरेका हुन् ।

अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भएका थिए ।

चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जितकुमारले १–१ विकेट लिए । चितवनका लागि नरबहादुर सार्कीले डेब्यू गरेका छन् । उनले २ ओभर बलिङ गर्दै १८ रन खर्चेका छन् ।

Page Views: 54
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama