Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यो सरकारलाई असफल हुने छुट छैन, कुनै पनि हालतमा चल्नु पर्छ : डा. कोइराला

- shuvadmin / आइतबार, पुष ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धनगढी, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताएका छन् ।

राजनीतिक स्थायित्वका लागि दुई ठुला दल मिलेर सरकार बनेको उल्लेख गर्दै डा कोइरालले भने, सरकार असफल भयो भने देशमा अराजकता निम्तिन्छ । कुनै पनि हालतमा यो सरकार चल्नु पर्दछ ।

जे म्यान्डेट लिएर यो सरकार गठन भएको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्ने डा. कोइरालाको जिकिर छ । उनले संविधान सुधारतर्फ सरकारले ध्यान दिन नसकिरहेको बताए ।

नेपाल प्रेस युनियन कैलालीले आज विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

“यो सरकार गठनको मूलभूत एजेण्डा संविधान संशोधन गर्ने थियो”, नेता डा. कोइरालाले थपे, “तर संविधान सुधारतर्फ सरकारको ध्यान गएको देखिदैन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले) ले मात्र चाहेर संविधान संशोधन हुँदैन । यसका लागि अन्य दलहरुसँग छलफल गर्नु पर्दछ । त्यस्तो छलफल भएको देखिदैन् ।”

उनले मुलुकमा राजनीतिक, आर्थिक, साँस्कृतिक अवस्था एकदम नाजुक रहेको भन्दै त्यसलाई कांग्रेस र एमाले सुधार गर्नुपर्ने बताए ।

नेता डा. कोइरालाले आगामी वर्ष हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि पार्टी कार्यकर्ता जुर्मुराउन थालेको उल्लेख गरे ।

पत्रकारले सोधेको जिज्ञासाको जवाफमा उनले सभापतिको उम्मेदवार बन्नका लागि विधानमा नै सबै कुरा स्पष्ट लेखिएकाले विधानको दायराभित्र पर्ने जो पनि पार्टीको सभापतिका उम्मेदबार बन्न सक्ने बताए ।

यसैगरी, एक छुट्टै प्रसङ्गमा नेता डा. कोइरालाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटै सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने उल्लेख गरे ।

“मेडिकल कलेज चलाउँदा सुरुमा केही अप्ठयारा आउँछन । किनभने, म पनि एउटा मेडिकल कलेज चलाएको मान्छे हो” उनले भने, “म यहाँ केही अप्ठ्यारा देख्दिन ।

यसलाई तत्कालै सञ्चालन गर्न सकिन्छ । त्यसको लागि म सक्दो पहल गर्छु ।”

Page Views: 81
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama