Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सङ्कटमा

- shuvadmin / मङ्गलबार, पुष १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन ।

धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योगबाहेकले क्लिङ्कर ल्याएर ग्रान्डिङ गरेपछि उत्पादन गर्न सक्छन् ।

क्लिङ्कर खरिद गर्दा महँगो पर्ने भएपछि कुनै उद्योग बन्द भएका र कुनै बन्दका चरणमा पुगेका हुन् ।

कोशी प्रदेशको मोरङमा चार, झापामा आठ, सुनसरीमा एक, उदयपुरमा १ र धनकुटामा एउटा उद्योग सञ्चालनमा छन्, जसमध्ये मोरङको अल्ट्राटेक र अन्नपूर्ण सिमेन्टको उत्पादन बन्द छ ।

यसै गरी झापाका आठमध्ये तीन वटा उद्योग पूर्ण रूपमा बन्द छन् । पाँच वटा उद्योगको उत्पादनसमेत २५ प्रतिशत हाराहारी मात्रै रहेको उद्योगीले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष एवं अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक राजेन्द्र राउतका अनुसार आफ्नै क्लिङ्कर नहुँदा ठुलो लगानीमा सञ्चालनमा रहेका उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।

क्लिङ्कर आयात गरेर ग्रान्डिङ गर्दा लागत बढ्ने र प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि सिमेन्ट उद्योग बन्द गर्नुपर्ने चरणमा पुगेका हुन् ।

अर्कातर्फ सरकारको पुँजीगत खर्च गर्न नसक्ने अवस्था, उधारो भुक्तानी नहुनु र भारतमा गुणस्तर चिह्न प्राप्त नगरेका उद्योगको निर्यात रोकिनु पनि नेपाली सिमेन्टका लागि घातक बनेको छ ।

देशभरमा २१ वटा सिमेन्ट उद्योगको आफ्नै क्लिङ्कर उत्पादन छ । खपत कम भएका बेला यिनै उद्योगको उत्पादनले धानिरहेका कारण सरकारले ग्रान्डिङ प्लान्टका सिमेन्ट उद्योग सञ्चालकको मागलाई खासै वास्ता गरेको छैन ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोर अल्ट्राटेक सिमेन्टका सञ्चालक मनिष मारुका अनुसार डेढ वर्षयता उद्योगको प्लान्ट बन्द छ ।

सरकारले माग बढाउने गरी खपत बढाउन पुँजीगत खर्च गर्न सके अहिलेको उत्पादनले थेग्दैन् । तर, पुँजीगत खर्च नै नभइरहेका बेला पूर्वाधारका कामसमेत न्यून मात्रामा भइरहेको छ ।

सञ्चालक मारुका अनुसार अहिले आफ्नै क्लिङ्कर प्लान्ट भएका उद्योगले उत्पादन गरेको सिमेन्टको खपतले पुगिरहेका बेला सरकारलाई ग्रान्डिङ उद्योगका सञ्चालकको माग सुनुवाइ गर्न जरुरी नै ठानेको छैन ।

उद्योगीले अरूबाट क्लिङ्कर खरिद गरेर उद्योग चलाउन नसक्ने अवस्था रहेकाले अब सरकारसँगै अनुमति लिएर बन्द गर्ने अवस्था आइसकेको उनीहरू बताउँछन् ।

Page Views: 67
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama