Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने एक महिना पछिकै उच्च

- shuvadmin / बिहिबार, पुष २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.१४ अंकले घटेर २ हजार ६३५.०९ विन्दूमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४८.५४ विन्दूमा झरेको छ ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो कारोबार मंसिर २३ पछिकै उच्च हो । त्यस दिन ७ अर्ब ४६ करोड बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह मात्रै ०.९९ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज २.९३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४३, विकास बैंक २.०४, हाईड्रो ०.३८,लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन तथा प्रशोधन ०.८६,लघुवित्त १.२५,म्यचुअल फण्ड ०.२१, निर्जीवन बीमा ०.३४,अन्य ०.४४ र व्यापार समूह ०.७४ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सुपर मादी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४४ करोड ३६ लाख बढीको कारोबार भयो ।

सिनर्जी पावरको पनि आज २८ करोड १९ लाख, सिन्धु विकास बैंकको २४ करोड ६ लाख,हिमालयन पावरको १९ करोड ८८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड २० लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बाराही हाईड्रो र हिमालयन पावरको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।

सिनर्जी पावरको सेयरमूल्य आज ५.६० प्रतिशत,सिन्धु विकास बैंकको सेयरमूल्य ४.७५ प्रतिशतले बढ्यो ।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.२३ प्रतिशतले घट्यो । माया खोला हाईड्रोपावरको सेयरमूल्य पनि आज ८.४६ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ७.४९ प्रतिशतले घट्यो ।

Page Views: 65
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama