Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्वकप खेल्ना मलेसिया जान लागेको नेपाली यू–१९ महिला टिमको बिदाइ

- shuvadmin / शुक्रबार, पुष २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दू बर्माले शुभकामना सहित टोलीको बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे ।

मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे ।

उनले क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालय हरुसँग पनि सहकार्य गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै यू-१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

एसिया कपमा राम्रो खेलेर पाकिस्तानलाई हरायौं, अब विश्वकपमा पनि इतिहास बनाउने प्रयास गर्ने छौं, राम्रो खेल्यो भने जुन कुरा पनि सम्भव छ’, पूजाले भनिन् ।

प्रशिक्षक महेशप्रसाद रिजालले पनि प्रतियोगिताका लागि राम्रो तयारी भएको बताए ।

‘हामीले चितवनमा पनि राम्रो प्रशिक्षण गर्यौं, विश्वकपमा क्षमता प्रदर्शन गर्ने अवसर छ, राम्रो प्रदर्शन हुनेछ भन्ने आशा छ’,‌ रिजालले भने ।

सिनियर महिला टिमकी कप्तान इन्दू बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिंदै विश्वकपमा‌ पनि उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिइन् ।

नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।

Page Views: 43
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama