Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना, १ जनाको मृत्य, ११ घाइते

- shuvadmin / शुक्रबार, माघ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।

बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा.३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते भएका गुप्ताको उपचारको क्रममा गएराति काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो,’ खड्काले भने, ‘घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर छ।’

गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौँको ट्रमा सेन्टरमा लगिएको डीएसपी खड्काले बताए।

जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।

बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको डीएसपी खड्काले बताए।

त्यसैगरी चारजना घाइतेको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। सामान्य उपचारपछि दुईजना भने डिस्चार्ज भएका छन्।

गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जयकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Page Views: 90
संबन्धित शिर्षकहरु
देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
ताजा अपडेट
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा
  • राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
  • आज हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज मनाइँदै
  • मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
  • महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama