Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पर्यटन प्रबर्दन र विकास गर्न नेपालका सम्भावित पदमार्गहरुको अध्यायन

- shuvadmin / मङ्गलबार, माघ ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालको पर्यटन प्रबर्दन र विकासको उद्येश्यले सरकारले नेपालका सम्भावित पदमार्गहरुको अध्यायन गरिसकेको छ।

पदयात्राले नेपालको आन्तरिक पर्यटनलाई बढाउनुका साथै बाह्य पर्यटनको आकर्षण बढन सकिने अनुमान गरिएको छ।

यस्तै सरकारले सम्भावना अध्यायन गरेको १ सय सम्भावित स्थान मध्य,एक पदयात्रा मार्ग हो ञमुन्धुम पदमार्गझ । उक्त पदमार्गले कोशी प्रदेशको भोजपुर र खोटाङ जिल्लालाई छोएको छ ।

मुन्धुम मिथकको उदगम स्थल रहेको सो ठाउँ प्रचार प्रसार र उचित लगानीको अभाबमा पछाडि परेको पदयात्रीहरुको अनुभव छ।

मुन्धुम संस्कृतिको विकास भएको मानिएको ठाउँ भोजपुर जिल्लाको ञसाल्पा-सिलोचोङ गाउँपालिकाझमा पर्छ ।

खोटाङ जिल्लाको चखेवा भन्ज्याङदेखि सुरु हुने यात्रा किराँत सभ्यताको उत्पति स्थल साल्पा पोखरी हुँदै सिलिचोङ पहाडमा पुगेर अन्त्य हुनेछ।

यो पदमार्गको दुरी १ सय किलोमिटरको रहेको छ। आन्तरिक पर्यटनको लागी चखेवा भन्ज्याङ देखि सिलिचोङ सम्म ४ दिनको यात्रा पश्चात् पुग्न सकिन्छ, भने विदेशी पर्यटकलाई आवत जावत १४ दिन लाग्ने मुन्धुम पदयात्राबाट फर्कनु भएका पदमार्गी समिल राई बताउनु हुन्छ।

विशेषत साल्पा पोखरीबाट सुरु हुने यात्राले सिलिचोङ पहाडमा पुगेर समाप्त हुने ऐतिहासिक महत्त्वले यात्रालाई रोचक र आकर्षक बढाएको मान्न सकिन्छ ।

पदयात्रामा विशेष रुचि भएकाहरु र साहसिक पदयात्रा गर्नेहरुका लागि मुन्धुम पदयात्रा एक महत्त्वपूर्ण गन्तव्य भएको किराँत यायाक्ख्या समुहका काठमाडौ जिल्ला सचिव समेत रहनु भएका राईको ठोकुवा छ।

पदयात्राका क्रममा चौंरी,भेडा गोठमा रात बिताउन सकिनेछ। त्यहाँ स्थानीयहरुले अतिथिको सत्कार गर्ने छन् । गोठमा भेडा,चौंरी गोठ राख्न लिएर हिड्नेहरुले पदयात्रीहरुलाई सेवा दिने गरेका छन् ।

सो पदमार्गको अर्को रोचक प्रसंङ्ग भनेको, हिमाल आरोही एडमन हिलारी र तेन्जिङ नोर्गे शेर्षा पनि यही बाटो भएर सगरमाथा चढेका हुन्। तसर्थ यो लोक प्रिय र ऐतिहासिक पदमार्ग हो ।

सरकारका तिनवटै तहहरु र नेपाल पर्यटन बोर्डले केही पहल कदमि लिने हो भने नेपाल लगायत भारत र अन्य मुलुकबाट पनि पर्यटन पदयात्रामा भित्र्याउन सकिने स्थानीय पदयात्रीहरुको दाबी छ।

Page Views: 46
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama