Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

१६ लाख ८८ हजार ७ सय ६८ छात्रालाई विद्यालयमै एचपीभी खोप

- shuvadmin / बिहिबार, माघ १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले देशभरका १६ लाख ८८ हजार ७ सय ६८ छात्रालाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाउने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार देशभरका १९ हजार ८ सय विद्यालयका छात्रालाई सो खोप लगाउने भएको हो । यो खोपको एक मात्रा शून्य दशमलव ५ मिलिलिटर हो।

उक्त खोप लगाएपछि भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ। अर्थात् पाठेघरको मुखको क्यान्सर निर्मूल हुन सक्छ ।

विश्व क्यान्सर दिवसको दिन माघ २२ देखि फागुन ६ सम्म १५ दिनसम्म देशभरका सामुदायिक र निजी गरी १९ हजार ८ सय विद्यालयका छात्रालाई यो खोप लगाइने छ ।

‘राष्ट्रिय खोप सल्लाहकार समितिको असोज २३ को सिफारिसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक ८ गते अभियान सञ्चालन गर्ने निर्णय गरेको हो’ – स्वास्थ्य विभाग बाल स्वास्थ्य तथा खोप सेवा विभाग प्रमुख डा. अभियान गौतमले बताए ।

लक्षित वर्ष उमेर समूहबाहेक गर्भवती किशोरी र महिला, विगतमा कुनै खोप लगाउँदा एलर्जी र एनाफाइलेक्सिर प्रतिक्रिया भएको किशोरीले यो खोप लगाउन नहुने क्यान्सर रोगविज्ञ डा. सरिता घिमिरेले बताए ।

अभियानअन्तर्गत एक मात्रा लगाएका किशोरीलाई अर्को मात्रा लगाउन जरुरी छैन् । छात्राहरू महिनावारी भएको अवस्थाका किशोरीमा पनि यो खोप लगाउन मिल्छ ।

यो खोपले महिनावारी ढिलो वा छिटो हुनेमा कुनै असर नभएको डा. घिमिरेको भनाइ छ।

यो वर्ष प्रदेशगत रूपमा कोशीमा २ लाख ५९ हजार ८ सय ८१, मधेसमा ४ लाख ७ हजार २ सय ९१, वागमतीमा २ लाख ७३ हजार १ सय २१, गण्डकीमा १ लाख १८ हजार ७ सय ७४, लुम्बिनीमा २ लाख ९९ हजार ४ सय ७१, कर्णालीमा १ लाख २८ हजार २ सय ९६ र सुदूरपश्चिममा २ लाख १ हजार ९ सय ३४ जनालाई खोप दिने कार्यक्रम छ ।

सबैभन्दा बढी मधेस र कम कर्णाली प्रदेशका किशोरी छन्। पाठेघरको मुखको क्यान्सर नेपाली महिलाहरूको सर्वाधिक ज्यान लिने क्यान्सर हो ।

नेपालमा दैनिक औसत ४ जना महिलाको मृत्यु हुने गर्छ । यौन सम्पर्कबाट सर्ने ह्युमन पपिलोमा भाइरसको संक्रमणबाट हुने यो क्यान्सरले शुरूमा खासै लक्षण नदेखाउने र देखिएपछि जचाउन आएका अधिकांशमा अवस्था जटिल भइसक्ने पाठेघरका क्यान्सरबाट जोगिन यो खोप प्रभावकारी रहेको क्यान्सर रोग विशेषज्ञ डा. घिमिरेले जानकारी दिए ।

हरेक वर्ष ५ लाख ७० हजार महिलालाई हुने यो क्यान्सर सन् ३०३० सम्ममा ७ लाख पुग्ने अनुमान छ। यो क्यान्सरले नेपालमा दैनिक ४ जनाको मृत्यु हुने गरेको डा. घिमिरेले बताए ।

सरकारले लक्षित संख्याको ९० प्रतिशत किशोरीलाई एचभीपी खोप लगाउने लक्ष्य राखेको जानकारी केन्द्रका निर्देशक केशवराज पण्डितले दिए ।

विश्वमा लामो वैज्ञानिक अनुसन्धानपछि सन् २००६ बाट यो खोप प्रयोगमा आउन थालेको हो । शुरूमा विश्वका चारदेशले लगाएको यो खोप अहिले १ सय ४५ मुलुकले राष्ट्रिय खोप तालिकाअनुसार खोप दिने गरेका छन्।

सरकारले धेरै अघिदेखि यो खोप ल्याउने प्रयास गरेको थियो। नौ वर्षअघि चितवन र कास्कीमा खोप सेवा सञ्चालन भएको थियो।

गत वर्ष सातै प्रदेशको एक–एक अस्पतालमा १४ वर्ष उमेर समूहका करिब १० हजार किशोरीलाई खोप लगाइएको थियो ।अभियानको रूपमा यस वर्षदेखि अभियानको रूपमा शुरू गर्न लागेको हो।

यो खोप अहिले ९ वर्ष पुगेका छात्रालाई अर्को वर्ष खोप लगाउनेछौं । १० देखि १४ वर्ष उमेर समूहका सबै जनसंख्यामा खोप पुर्‍याउने लक्ष्य रहेको केन्द्रका निर्देशक केशवराज पण्डितले बताए ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा परिवार कल्याण महाशाखाले आयोजना गरेको शिक्षा अभिमुखीकरण कार्यक्रममा डा. घिमिरेले नेपाली छोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट रोकथाम गर्ने लक्ष्यसहित नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सरको १६ र १८ प्रजातिबाट भएको देखिएको छ।

सरकारले १० देखि १४ वर्ष उमेरका छात्राहरूलाई रोग लाग्नुभन्दा पहिले नै सुरक्षित बनाउन विद्यालयमा केन्द्रित खोप अभियान सञ्चालन गरेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. गौतमले बताए ।

डा. गौतमले यो खोपलाई आगामी वर्ष पनि निरन्तर जारी राख्ने बताए ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले एचपीभी खोप विश्व स्वास्थ्य संगठनले र नेपालमा प्रयोगका लागि औषधी व्यवस्था विभागले समेत सुरक्षित भनी प्रमाणित गरेकाले सुरक्षाको सबालमा कुनै समस्या नभएको जानकारी दिए ।

उनले भने,– ‘विश्वभरका मुलुकमा लामो समयदेखि प्रयोग भइरहेको एचभीपी खोप लगाउँदा केही असर पर्दैन् ।’ करिब दुईदशक अघि विश्व स्वास्थ्य संगठनले यो खोपको प्रयोग गर्न अनुमति दिएको छ ।

यो खोपसम्बन्धी गरेको विभिन्न अध्ययन र अनुसन्धानले एचपीभी खोप लगाउँदा बाँझोपन हुने भन्ने खबर निराधार रहेको डा. गौतमको भनाइ छ । उनी भन्छन्– ‘एचपीभी खोप र बाझोपनबीच कुनै सम्बन्ध छैन् ।’

Page Views: 43
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama