Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न पहल गर्छु : अध्यक्ष दाहाल

- shuvadmin / शुक्रबार, माघ ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

घोराही, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको तुलसीपुरमा रहेको टरिगाँउ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताएका छन्

तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले लामो समयदेखि स्तरवृद्धि हुन नसकेको विमानस्थलको विस्तारका लागि पहल गर्ने बताएका हुन् ।

राजनीतिक खिचातानीका कारण लामो समयदेखि स्तरवृद्धि गर्ने कुरा उठे पनि हुन नसकेको भन्दै अध्यक्ष दाालले भने, दाङसहित राप्ती क्षेत्रका लागि टरिगाउँ विमानस्थलको स्तरवृद्धि हुन आवश्यक छ ।

यहाँबाट नियमित रुपमा हवाई सेवा सञ्चालनका लागि म पहल गर्नेछु । प्रदेश राजधानी भएको ठाउँको विकासका लागि पनि टरिगाँउ विमानस्थलको विस्तार हुन आवश्यक रहेको छ, अध्यक्ष दाहालले भने ।

टरिगाँउ विमानस्थलको स्तरवृद्धिका सन्दर्भमा अहिले सबै राजनीतिक दलको एजेण्डा मिल्दै गएकाले २०११ सालमा स्थापना भएको विमानस्थलको विकास र विस्तार अब कसैले रोकेर नरोकिने उनले बताए ।

उनले विमानस्थलले स्तरवृद्धिले दाङसहित समग्र राप्ती क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

टरिगाउँ विमानस्थलको स्तरवृद्धिसँगै नियमित हवाई सेवाका लागि तुलसीपुर उद्योग बाणिज्य सङ्घले नियमित रुपमा पहल गर्दै आएको छ ।

दाङमा आएका अध्यक्ष दाहालले शुक्रवार नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशनको उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Page Views: 53
संबन्धित शिर्षकहरु
स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
ताजा अपडेट
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता
  • गाउँपालिकाद्वारा विद्यार्थीलाई ल्यापटप सहित सम्मान
  • देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट घोषित

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama