काठमाण्डू, नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ९ सय तथा चाँदी १५ रुपैयाँले घटेको हो ।
हिजो (सोमबार) सुन ३ सय तथा चाँदी प्रतितोला १५ रुपैयाँ घटेको थियो । यस्तै, आइतबार सुन २ सय तथा चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले गिरावट आएको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा खरिद/बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।