काठमाण्डू, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध लगाइएका आरोपहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आफूविरुद्ध निराधार आरोप लगाएर जनतामा भ्रम छर्ने कार्यप्रति उनले खेद प्रकट गरेका छन्।
‘प्रेस स्वतन्वताको नाममा जसले जस्लाई पनि जथाभावी आरोप लगाउन मिल्दैन। आरोप पुष्टि गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिब्रो, कलम या क्यामेरा चलाउनु हुँदैन,’ उनको विज्ञप्तिमा उल्लेख छ।
राईले झूटो आरोपविरुद्ध कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्।
