Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

२ किशोरी हत्याको अनुसन्धान गर्न अछाम पुग्यो सीआईबी

- shuvadmin / बिहिबार, माघ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मंगलसेन, अछामको ढकारी गाउँपालिका(१ स्थित जंगलमा मृत भेटिएका दुई किशोरीको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली अछाम पुगेको छ।

माघ १२ गते शनिबार १५ वर्षीय ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्काको शव बीभत्स अवस्थामा भेटिएपछि सीआईबी टोली घटनास्थल पुगेको हो।

अघिल्लो दिन बाख्रा चराउनका लागि जंगल गएका दुवै किशोरी भोलिपल्ट मृत अवस्थामा भेटिएका थिए।

शवको प्रकृति हेर्दा हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। सीआईबीको इन्स्पेक्टर नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो।

घटना अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट पनि छुट्टाछुट्टै टिम परिचालन गरिएको छ। अछाम प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न भएको आशंकामा दुई जना पक्राउ परेका छन्। अछामका डीएसपी ईश्वरी भण्डारीका अनुसार पक्राउ परेकाहरूको उमेर २० वर्षभन्दा कम छ।

दुवै जनाको टाउकोमा चोट देखिएको छ। भेरी अस्पतालमा पोष्टमार्टम पछि परिवारले शव बुझेका छन्।

किशोरीहरुको भजाइनल स्वाब, रगत र भिसेरा परीक्षणको लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको डीएसपी भण्डारीले जानकारी दिए।

Page Views: 54
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama