Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चुपचाप काम गरिरहेका स्वास्थ्य मन्त्री प्रदीप : वीमाको दायरा बढाउनेदेखि निःशुल्क उपचारसम्म

- shuvadmin / शनिबार, माघ १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ‘ सबै नेता उस्तै !’ नेपालका नेता र मन्त्रीहरूको सन्दर्भमा बनेको आमधारणालाई प्रतिबिम्बित गर्ने यो भनाइ तपाईंले पक्कै सुन्नुभएको छ ।

कतिपय बेला त तपाईं आफैंले पनि यो आहान दोहोर्याउनु भएको होला । तर, सँधै त्यस्तो हुँदैन, केही अपवाद पनि हुन्छन् ।

जसले चुपचाप आफ्नो काम गरिरहेका हुन्छन् । ती उदाहरण हुन् – वर्तमान सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल ।

काङ्ग्रेस र एमालेजस्ता दुई ठूला दलको गठबन्धन सरकारले जनअपेक्षाअनुरुप काम नगरेको गुनासो भइरहेको बेला स्वास्थ्यमन्त्रीको रुपमा पौडेलले भने देखिनेगरी केही काम गरेका छन् ।

पौडेल स्वास्थ्यमन्त्री भएको ६ महिना पनि पुगेको छैन । तर, उनले आफ्नो कार्यकालमा केही प्रभावकारी नीति कार्यान्वयन गरिरहेका छन् ।

स्वास्थ्य बीमा सुधार समितिले तयार पारेको प्रतिवेदनका आधारमा सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने योजना अघि सारिएको छ ।

अनिवार्य स्वास्थ्य बीमा प्रणाली लागू गर्नेतर्फ सरकारले गम्भीर प्रयास गरिरहेको छ भने बीमाको दायरा पाँच लाख रुपैयाँसम्म बढाउने प्रस्तावसमेत गरिएको छ ।

मन्त्री पौडेलले केही महत्वपूर्ण निःशुल्क स्वास्थ्य सेवा घोषणा गरेका छन् । १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचार, जलनका घाइतेहरूको निःशुल्क उपचार, पाठेघरको मुखको क्यान्सरसम्बन्धी एचपीभी खोप, दुर्लभ पक्षघातका बिरामीलाई आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराउनेजस्ता कार्यक्रम अघि सारेका छन् ।

एचपीभी खोप अभियान र अन्य स्वास्थ्य योजना

यही माघ २२ गतेदेखि १० देखि १६ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गर्दै एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।

करिब १६ लाख किशोरी यो खोपबाट लाभान्वित हुनेछन् । आगामी वर्षदेखि यो नियमित खोप कार्यक्रममा समावेश गरिने बताइएको छ ।

फागुन महिनामा ३० देखि ४० वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ अभियान चलाइनेछ । यस अभियानले महिलामा क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्न मद्दत गर्नेछ ।

सरकारको आगामी योजनामा सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन गर्ने, खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण सुनिश्चित गर्ने जस्ता कार्यक्रम रहेका छन् ।

स्वास्थ्य बीमामा सुधार र सामाजिक सुरक्षा

स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य बीमालाई अन्य सामाजिक सुरक्षा योजनासँग एकीकृत गर्ने, बीमाको व्यवस्थापन सूचना प्रणालीलाई परिमार्जन गर्ने, बीमित र गैर–बीमित बिरामीबीचको उपचार खर्चलाई समान बनाउनेजस्ता सुधारात्मक नीति अपनाइएका छन् ।

Page Views: 35
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama