Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘नो केबुलकार’ आन्दोलनले पूर्वका ९ जिल्लामा यातायात ठप्प, काठमाडौँमा प्रदर्शन

- shuvadmin / सोमबार, माघ २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ।

ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका ९ जिल्लासम्म फैलिएको छ। झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार आइतबार झापाबाट ८ र सुनसरीबाट ६ जना गरी १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आन्दोलनरत समूहले ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा दुईपाङ्ग्रे सवारी (मोटरसाइकल), तीनपाङ्ग्रे ९टेम्पो० समेत चल्न दिएका छैनन्।

यातायात बन्दको प्रभाव इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा समेत परेको छ।

आन्दोलनरत समूहमा आबद्ध राजनीतिक दलका प्रतिनिधि, फुङलिङ नगरपालिका प्रमुख, पाथीभरा याङवरक, मेरिङदेन, फक्ताङलुङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष, जिल्लामा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघलगायतका संस्थाका प्रतिनिधि छलफलमा बसेपनि कुनै निष्कर्ष निस्कन सकेन।

आन्दोलनरत राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष एवं आन्दोलन समितिका संयोजक भक्त खेबाङले संघीय सरकारले वार्ता समिति बनाएर प्रहरी हिरासतमा रहेका तीन जनालाई बिनासर्त रिहा गर्नुका साथै वार्ता अवधिसम्म निर्माण रोके आन्दोलन स्थगन गर्ने बताएका थिए।

पाथीभरामा केबलकार बनाउने र बनाउन नदिनेबीच विवाद छ। केबलकारको तल्लो स्टेसन रहने ठाउँमा एक्स्काभेटरले जमिन सम्म्याउन थालेपछि गत माघ १२ मा काफ्लेपाटीमा रहेका सुरक्षाकर्मी र प्रहरीबीच झडप भएको थियो। झडपमा तीन आन्दोलनकारी र २१ सुरक्षाकर्मी घाइते भएका थिए।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर आन्दोलनरत पक्षका केही युवा घाइते भएका थिए। घाइते तीनमध्ये एक जनलाई उपचारका लागि काठमाडौँ लगिएको छ।

झडपपछि आन्दोलनरत पक्षले ताप्लेजुङ, ताप्लेजुङबाट पाँचथर, इलाम हुँदै झापाको चारआलीसम्मको मेची राजमार्ग र ताप्लेजुङबाट पाँचथर हुँदै धनकुटाको मूलघाटसम्मको तमोर करिडोरमा यातायात बन्द गरेको छ।

आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् अवस्थामा राख्नुपर्ने माग गर्दै आएको छ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर केबलकार निर्माणको काम थालेको थियो।

उनीहरूले तीन अर्बको लागतमा १५ महिनामा केबलकार निर्माण सक्ने बताएका छन्।

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरुद्धमा काठमाडौँमा पनि विरोध प्रदर्शन गरिएको छ। मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन्।

फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २।७ किमी केबलकार निर्माण भइरहेको छ।

पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ।

Page Views: 39
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama