Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

म नेपाली कांग्रेसमा कुनै गुट होइन, सिङ्गो काँग्रेसको हुन चाहन्छु : महामन्त्री थापा

- shuvadmin / बुधबार, माघ २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रीहरू फेर्ने विषयमा कांग्रेस र एमालेमा कुनै छलफल नभएको बताएका छन्।

पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

सरकारमा गएका कांग्रेसका मन्त्रीहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउँदै अब ६ महिनाभित्र काम गरेर देखाउनुपर्ने बताएका थिए।

सरकार नबदलिने उल्लेख गर्दै उनले काम गर्ने शैली भने बदल्नु पर्ने उनको भनाइ छ।

‘सरकार बदलिन्न तर जसरी काम भइरहेको छ। त्यसरी काम गरेर हुँदैन, गति बढाउनुपर्छ,’ महामन्त्री थापाले भने।

फरक प्रसंगमा थापाले आफू कुनै गुटविशेषको मात्र नभएर सिंगो कांग्रेसको बन्न चाहेको बताएका छन्।

म नेपाली कांग्रेसमा कुनै गुट होइन, सिङ्गो काँग्रेसको हुन चाहन्छु, त्यसका निम्ति मेरो प्रयास छ, प्रयास रहन्छ,’ महामन्त्री थापाले भने।

पार्टीको १५ औं महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भइनसकेको बताएका छन्।

आफू १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार काम गर्दै आएको उनको भनाइ थियो। १५ औं महाधिवेशन आउन अझ समय बाँकी रहेकाले उम्मेदवारीबारे चर्चा गर्ने बेला आइनसकेको बताए।

‘अहिले नै १५औं महाधिवेशन लाग्ने बेला भएको छैन भन्ने ठान्छु। महाधिवेशनको उम्मेदवारीबारे चर्चा गर्ने समय आइसकेको छैन,’ उनले भने।

कांग्रेस विधानअनुसार अबको १० महिनापछि महाधिवेशन गर्नुपर्ने हुन्छ। महामन्त्री थापाले समयमै महाधिवेशन हुने बताइरहेका छन्।

Page Views: 47
संबन्धित शिर्षकहरु
नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
ताजा अपडेट
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama