Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बुधबार सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेर २७११.४५ अंकमा बन्द

- shuvadmin / बुधबार, माघ २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, बुधबार सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेर २७११.४५ अंकमा बन्द भएको छ।

दिनभरको उतारचढावपछि अन्तिममा सामान्य अंकले नेप्से घटेर बजार बन्द भएको हो।

आइतबार एकैपटक ६९ अंकको बृद्धि गरेको नेप्सेले त्यसपछिका दिनमा निरन्तर घट्दै आएको छ। मंगलबार १४.०८ अंकले घटेको नेप्सेले बुधबार ४.४५ अंकले घटेको हो ।

यस्तै कारोबार रकममा पनि आज संकुचन आएको छ। यो दिन लगानीकर्ताले ८ अर्ब ९५ करोडको कारोबार गरेका हुन्।

दिनभर घटेको बजारमा ११३ कम्पनीको मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ। बढ्नेमा आज पनि उपकार लघुवित्त अगाडि देखिएको हो।

निरन्तर चार दिनदेखि सर्किट हानिरहेको उपकार लघुवित्तले आज पनि मूल्यमा पोेजेटिभ सर्किट लाउन सफल देखिएको छ।

यो कम्पनीको मुल्य प्रतिकित्ता ६ हजार ६ सयमा पुगेको छ ।यो बाहेक छ्याङग्दी हाइड्रको मूल्यमा पनि आज पोजेटिभ सर्किट लागको छ।

यता घट्नेमा भने आज सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि छ। यी दुवै कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागको हो।

यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सको कारोबार गरेका छन्। लगानीकर्ताले आज एकै दिन उक्त कम्पनीको सेयर ३३ करोडमा कारोबार गरेका हुन्।

Page Views: 59
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama