Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चैत ५ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन सहमत

- shuvadmin / बिहिबार, माघ २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो ।

तर, कानूनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए ।

तर, बुधबार विश्वविद्यालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गरेपछि चुनावमा सहभागी हुन विद्यार्थी संगठन तयार भएका हुन् ।

‘चुनावमा गराउनेमा सबै विद्यार्थी संगठनका प्रतिनिधिले प्रतिबद्धता जनाउनु भएको छ । चुनावको माहोल बनेको छ,’ परिषद्का सदस्य सचिव पशुपति अधिकारीले भने ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि स्ववियु चुनाव ५ चैतमा गर्न सहमत भएको बताए ।

‘स्ववियु चुनाव गर्ने सहमति भएको छ,’ उनले भने । कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्न लागिएको हो ।

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । बैठकले स्ववियु चुनाव निर्देशिका परिमार्जन गर्न कानूनी सल्लाहकारलाई दिने निर्णय बैठकले गरेको छ ।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

Page Views: 40
संबन्धित शिर्षकहरु
किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
ताजा अपडेट
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama