चितवन, रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।
साहारा सहकारीको रकम हिनामिना मुद्दामा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
आजै आदेश आउनसक्ने अनुमान छ । अब अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।