काठमाण्डू, साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दियो ।
आज नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ विन्दूमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.५६ अंक घट्दा फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ८ अर्ब ३९ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।