Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अगाडि बढ्न सकेन कोशी ब्यारेजको विकल्पमा प्रस्तावित पुल

- shuvadmin / मङ्गलबार, माघ २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन् ।

कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठूलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव गरिएको हो ।

कोशी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार कोशीको विकल्पमा नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइनसमेत सम्पन्न भइसकेको छ ।

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६० वर्ष नाघिसकेको छ ।

कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेडले कोशी ब्यारेज निर्माण गरेको थियो ।

प्रस्तावित नयाँ पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भएपनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रव्रिया अगाडि बढ्न नसकेको हो ।

एसियाली विकास बैँक (एडीबी) को सहयोगमा पाँच वर्षअघि कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माणको ‘डीपीआर’ तयार गरिएको थियो ।

नेपालस्थित ‘एडीबी’ निर्देशनालय प्रमुख चूडाराज ढकालले एडीबीको सहयोगमा सडक र पुल निर्माणका लागि तयार गरिएको रेखाङ्कन (एलाइनमेन्ट) नेपाल सरकारद्वारा स्वीकृत भएर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताए ।

सडक र पुल निर्माणका लागि पेस गरिएको वातावरण प्रभाव मूल्याङ्कन आरक्ष कार्यालयले स्वीकृत नगर्दा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको उनले स्पष्ट पारे ।

निर्देशनालय प्रमुख ढकालले भने, “कोशी ब्यारेजको करिब १० किलोमिटर उत्तरमा नयाँ सडक र पुल निर्माण गर्ने गरी तयार पारिएको अध्ययन प्रतिवेदनलाई मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

कोशीटापु वन्यजन्तु आरक्ष कार्यालयले ब्यारेजको बढीमा एक किलोमिटर उत्तरमा सडक र पुल निर्माण गर्ने गरी डिजाइन गर्न सुझाव दिएको छ ।

यसरी सरकारद्वारा स्वीकृत अध्ययन प्रतिवेदन र आरक्ष कार्यालयले दिएको सुझाव बाझिदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो ।”

निर्देशक ढकालका अनुसार प्रस्ताव गरिएको सडकको चौडाइ चार लेन र सडकको कुल लम्बाइ ४४.२ किलोमिटर हुने छ ।

त्यसै गरी नयाँ पुलको लम्बाइ दुई हजार ८६० मिटरको हुने छ । नयाँ ‘एलाइनमेन्ट’ अनुसार वैकल्पिक सडकमा साना ठूला गरी ३४ वटा पुल पर्छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका उपमहानिर्देशक वेदकुमार ढकालले अहिले प्रस्ताव गरिएको ठाउँमा सडक र पुल निर्माण गर्ने हो भने मानव–हात्ती द्वन्द्व झन् बढेर आउने, चुरे क्षेत्रको थप विनाश हुने र वन्यजन्तु आरक्ष क्षेत्रको जग्गा अतिक्रमण हुन सक्ने भएकाले प्रस्तावित रेखाङ्कनमा नयाँ सडक र पुल निर्माण उपयुक्त नहुने भएकाले कार्यालयले अनुमति नदिएको दावी गरे ।

उनले भने, “यदि कोशी ब्यारेजको विकल्प मात्र दिने हो भने अहिले ब्यारेज रहेको तीनरचार किलोमिटर उत्तरमा पनि नयाँ सडक र पुल निर्माण गर्न सकिन्छ ।

ब्यारेजदेखि १० किलोमिटर उत्तर किन पुग्नु प¥यो रु बढीमा एक किलोमिटरको दूरीमा सडक र पुल निर्माण गर्ने हो भन्ने चुरे र आरक्ष क्षेत्रलाई विनाशबाट सुरक्षित राख्न सकिन्छ ।

आरक्ष क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमणमा समेत पर्न सक्दैन । त्यसैले प्रस्तावित सडक र पुल निर्माणका लागि नयाँ रेखाङ्कन (एलाइनमेन्ट) र डिजाइन आवश्यक छ ।”

सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले प्रस्तावित नयाँ सडक र पुल निर्माणले राजमार्गको मार्ग (एलाइनमेन्ट) समेत सिधा हुने र दूरीसमेत कम हुने बताए ।

कोशी ब्यारेज सप्तरीमा पूर्वपश्चिम राजमार्गको ‘एलाइनमेन्ट’ नेपाल–भारत सिमाना हुँदै गएको छ ।

उनले भने, “अहिले गरिएको डिजाइन अनुसार पूर्वपश्चिम राजमार्गको ‘एलाइनमेन्ट’ मा सुनसरीको इटहरी र झुम्काबीचको पकलीबाट परिवर्तन हुने छ ।

सुनसरीको सदरमुकाम इनरुवाबाट उत्तरपूर्वी क्षेत्र हुँदै बन्ने नयाँ सडकले कोशीमा नयाँ पुल पार गर्दै सप्तरीको कञ्चनपुर जोड्ने छ ।”

प्रस्तावित नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै कालिञ्चोक, रामपुर, बुद्धनगर, मानपुरजोरा, एकराही, तीनकुने, राजबास, कोशी, भागलपुर, गल्फेरिया, तपेश्वरी, त्रियुगा, मालेट, धरमपुर र सुनसरीको पकलीमा जोडिन्छ ।

तराई भू-भागमा एक सय किलोमिटर प्रतिघण्टा र पहाडी क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा सवारी गुड्न सक्ने गरी डिजाइन गरिएको छ ।

अध्ययन अनुसार कोशी पुल निर्माणका लागि २१ अर्ब ७४ करोड र सडक निर्माणका लागि २० अर्ब ६३ करोड रुपियाँ खर्च हुने छ ।

सो वैकल्पिक पुल र सडक निर्माणका लागि एसियाली विकास बैङ्क (एडीबी )को सहयोगमा निर्माण गरिने छ ।

यसअघि एडीबीकै सहयोगमा प्रस्तावित सडक र पुलको डीपीआर गरिएको हो ।

Page Views: 63
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama