Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारी र सरकारको स्वामित्वममा जागिर खाएका चुनाव लड्न नपाउने

- shuvadmin / शुक्रबार, फागुन ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा रोजगारी भएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।

स्ववियु निर्वाचनको इतिहासमा त्रिविले गरेको यो निर्णय पहिलोपटक हो । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्ववियू निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरी सो व्यवस्था गरेको हो ।

निर्देशिकाको दफा ६ को उपदफा ६ मा सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियू निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको हो ।

निर्देशिकामा २१ दिनअघि निर्वाचन तालिका सार्वजनिक गर्ने उल्लेख छ । निर्देशिकामा स्ववियू कार्यसमितिको संख्या तय गरेको छ ।

जसअनुसार २ सय जनासम्म विद्यार्थी भएमा ५ सदस्यीय, २०१ देखि एक हजारसम्म भएमा ७, १ हजार १ देखि ३ हजारसम्म ९, ३ हजार १ देखि ५ हजारसम्म ११ र ५ हजारदेखि माथि १३ सदस्यीय कार्य समिति हुने छ ।

निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष र ३ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । भने ५ जना समानुपातिक सदस्यहरूबाट उपाध्यक्ष १,सहायक सचिव र ३ जना सदस्य चुनिने व्यवस्था छ ।

निर्देशिकामा जिल्लामा निर्वाचन पर्यवेक्षण गर्न नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि रहेको ३ सदस्यीय समिति गठन हुने उल्लेख छ ।

निर्धारित मितिमा कुनै कारणवस निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र अर्को मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

यसअघि २०७९ सालको निर्देशिकामा स्थगित भएको ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था थियो ।

निर्वाचनमा कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षाहरू दिइसकेका विद्यार्थीले मतदान गर्न नपाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, स्नातकोत्तर तह प्रथम सेमेस्टर, स्नातक तह प्रथम सेमेस्टर र वार्षिक प्रणालीअनुसार पहिलो वर्षमा विद्यार्थी भर्नासम्बन्धी शिक्षाध्यक्ष तथा डीन कार्यालयबाट सूचना जारी गरी तोकिएको मितिसम्म भर्ना भएका विद्यार्थीमात्र र अन्य सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा ५ दिनअघिसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्ने उल्लेख छ ।

निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दाखिल गर्ने दिन २८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको विद्यार्थीले मात्र उम्मेदवारी दिने पाउने व्यवस्था छ ।

चैत ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला फागुन २७ मा भएमा २०५३ फागुन २७ पछि जन्मेका विद्यार्थीले मात्रै प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि उम्मेदवार हुन योग्य हुने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाको दफा ११ मा निर्वाचन आचारसंहिता अनुसार क्याम्पस हाताभित्र प्रभाव पार्नेगरी सरकारी कोषबाट तलब भत्ता लिने कुनै व्यक्ति वा कुनै पनि संस्थाको कार्यक्रम गर्न नपाइने, क्याम्पसको पर्खाल भित्र वा बाहिर र क्याम्पस परिसरमा निर्वाचनसम्बन्धी भित्ते लेखन, तुल फ्लेक्स वा पोस्टर टाँस्न नपाइने, प्रत्येक संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो घोषणापत्रमा उम्मेदवारको नामावली पर्चा एफोर साइजको एकै रङको मात्र प्रचार प्रसार गर्न पाइने उल्लेख छ ।

निर्वाचन गर्न शिक्षाध्यक्षको संयोजकत्वमा रजिस्टार सहसंयोजक, शिक्षकहरूमध्ये ३ र प्रमुख कानुनी सल्लाहकार सदस्य र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक सदसयसचिव रहने उल्लेख छ ।

स्ववियु निर्वाचन समितिका सदस्यसचिव प्रा। पशुपति अधिकारीले निर्देशिका जारी भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको बताए । उनले सो निर्देशिका पालना गर्न सबै विद्यार्थी संगठनलाई आग्रह गरेका छन् ।

उहाँले निर्देशिकामा करिब आधा दर्जन उपदफा परिवर्तन भएको जानकारी दिए । त्रिविले २३ विद्यार्थी संगठनसँग भएको छलफलपछि प्रतिबद्धता जारी गरी निर्देशिका सार्वजनिक गरेको हो ।

बैठकमा सबै विद्यार्थी संघ, संगठनका अध्यक्षले चैत ५ गते नै स्ववियुको निर्वाचन गर्ने प्रतिबद्धता जनाएका छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले सबै दलका विद्यार्थी नेताले तोकेकै समयमा अर्थात चैत ५ गते नै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

यो वर्ष ‘दुई वर्षअघि स्थगित भएका उपत्यकाका ४ र उपत्यका बाहिरका ८ गरी ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियू निर्वाचन गर्ने छ ।

पदाधिकारी समय चैत ४ मा सकिने भएपछि ५ गते निर्वाचन गर्न लागेको हो ।

Page Views: 79
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama