Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल लगायत अन्य १३ देशको सहभागीता;आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा

- shuvadmin / शुक्रबार, फागुन १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं । एशिया प्रशान्त सुरक्षा संघ नेपाल (आप्सा नेपाल)ले आगो तथा इलेक्ट्रोनिक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आयोजना गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनमा आप्सा नेपालले यही चैत्र २४ र २५ गते दरबार मार्गमा रहेको होटल याक एण्ड यतिमा सम्मेलन तथा प्रदर्शनी सम्मेलन गर्न लागेको जनाएको छ ।

नेपालका अनुसार आगलागीको समस्या सामना गर्न समूदाय स्तरमा थप सचेतना र नविन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ उक्त सम्मेलको आयोजना गर्न लागिएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ ,‘आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन् । हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पुर्याउँदै आएको, जसको सामना गर्नका लागि सरकार तथा स्थानीय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदाय स्तरमा थप सचेतना र समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको छ ।’

अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदान प्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुनि ल्याएर अन्तरक्रिया गर्ने उद्देश्य सम्मेलनको छ ।

सम्मलेनमा सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षाबारे सचेत गराउने,अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनुपालन, मापदण्डहरू, र उत्कृष्ट अभ्यासहरू छलफल गर्न फोरम, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधिहरू र समाधानहरू अन्वेषण गर्ने, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने, स्थानीय समुदायहरूमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उपायहरू र रोकथाम रणनीतिहरूबारे चेतना जगाउने लगायतका उद्देश्य राखेर सम्मेलन गर्न लागेको आप्साले बताएको छ ।

यस्तै, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय निकाय, उद्योगी नेता तथा आगलागी इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहने आप्सा नेपालले जनाएको छ ।

सम्मेलनमा १४ देशका विज्ञहरुको रहने जनाएको छ । जसमा चीन, हङकङ, इन्डोनेसिया, भारत, पाकिस्तान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड र भियतनाम छन् ।

Page Views: 135
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama