Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गाउँ पर्यटन प्रवर्धन मञ्च, नेपाल (भिटोफ-नेपाल)को साधारण-सभा सम्पन्न

- shuvadmin / आइतबार, फागुन १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गाउँ पर्यटन प्रवर्धन मञ्च, नेपाल (भिटोफ-नेपाल) को २६औँ साधारण-सभा तथा बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
दुई सत्रमा विभक्त गरिएको उक्त कार्यक्रमको पहिलो सत्र समुद्घाटन सत्र थियो जसको अध्यक्षता भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला देवकोटा पाण्डेले गरेकी थिइन् भने प्रमुख अतिथि थिए- पर्यटन बोर्ड नेपालका उपाध्यक्ष रामप्रसाद सापकोटा(कमल) । विशेष अतिथिको भूमिका भिटोफका परिकल्पनाकार सुरेन्द्रभक्त प्रधानाङ्गको थियो । त्यस्तै अन्य अतिथिहरू थिए- प्रमुख सल्लाहकार प्रा.डा. प्रेम शर्मा, टानका अध्यक्ष सागर पाण्डे, भिटोफका निवर्तमान अध्यक्ष गोपाल थापा, नेपाल टुरिजम बोर्डका सदस्य ऋषि भण्डारी, टानका पूर्व अध्यक्ष नवराज दाहाल, भिटोफका पूर्व अध्यक्ष शिव लामिछाने, सल्लाहकार डा.आलोक शर्मा ।

पर्यटन बोर्डका उपाध्यक्ष तथा प्रमुख अतिथि रामप्रसाद सापकोटाले ‘भिटोफले केवल होम स्टे प्रवर्धन गर्ने मात्र हो भन्ने बुझाइ अधुरो छ । ग्रामीण जनताको जीवनस्तर उत्थान गर्ने हो भने गाउँ पर्यटन वैकल्पिक आर्थिक स्रोत बन्न सक्छ । हाम्रा आफ्नै कच्चा पदार्थ बेचेर र उपभोग गराएर तिनको आर्थिक हैसियत उकास्न सम्भव छ’ भन्ने दाबी गरे । उनले थपे- ‘पर्यटन सम्बद्ध अनेक संस्थाहरूमध्ये भिटोफले नै नमुना गाउँहरू घोषणा गर्ने अवसर पाउने हुनाले पर्यटनलाई भिटोफले नेतृत्व गर्छ भन्ने मलाई लाग्छ ।’

प्रथम उपाध्यक्ष हरिशरण थपलियाले संस्थाको तर्फबाट स्वागत गरेको उक्त कार्यक्रममा सागर पाण्डे, गोपाल थापा, सुरेन्द्रभक्त प्रधानाङ्ग, प्रा.डा. प्रेम शर्मा, शिव लामिछाने लगायत अतिथिहरूले साधारण-सभा सफलताको कामना गर्दै शुभकामना मन्तव्य प्रकट गरेका थिए । महासचिव चोपेन्द्रबहादुर खड्काले सहजीकरण गरेको प्रथम सत्रमा अध्यक्ष सकुन्तला देवकोटा पाण्डेले संस्थाको गतिविधि र भावी कार्यक्रमबारे विस्तृत विवरण प्रस्तुत गरिन् ।

कार्यक्रमको दोस्रो सत्रमा महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन भएको थियो भने अध्यक्ष देवकोटा पाण्डेले समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र भिटोभको आगामी कार्यभारबारे सङ्क्षिप्त मन्तव्य प्रकट गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिन् । तत् पश्चात सहभागी सदस्य हरू तथा अभ्यागतहरू खानपिन एवम् मनोरञ्जनमा जुटेका थिए ।

पुर्ब अध्यक्ष तथा सल्लाहकार बोधराज भण्डारी सरसल्लाहकार डा.आलोक प्रसाईं ,डा लेखनाथ भण्डारी ,दिपक दाहाल पर्यटन ब्यावसायीहरूको सभागीता रहेको थियो

Page Views: 75
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama