Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साताको चौथो दिन पनि दोहोरो अंकले घट्यो नेप्से, परिसूचक २८२१.१३ विन्दूमा सीमित

- shuvadmin / बुधबार, फागुन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २५.१६ अंकले घटेर २ हजार ८२१.१३ विन्दूमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले घटेर ४६९.५६ विन्दूमा खुम्चिएको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो ।

आज व्यापार समूह मात्रै बढ्यो । यो समूह आज ०.४३ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात १.५५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.०४ प्रतिशत,विकास बैंक १.३१, होटल १.०५, हाईड्रो ०.३७, लगानी १.२४, जीवन बीमा १.४५, उत्पादन तथा प्रशोधन ०.९४,लघुवित्त ०.५०,म्युचुअल फण्ड ०.१५,निर्जीवन बीमा १.५१ र अन्य समूह ०.७६ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९६ करोड ७० लाख बढीको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनीको पनि आज ९० करोड ३१ लाख, सगरमाथा जलविद्युतको ३० करोड ७९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज समाज लघुवित्त,गार्डियन माइक्रो लाइफ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै मोउन्टेन हाईड्रोको सेयरमूल्य आज ८.८२ प्रतिशत र गुराँल लघुवित्तको सेयरमूल्य ७.४२ प्रतिशतले बढ्यो ।

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो बैंकको सेयरमूल्य आज ६.८४ प्रतिशतले घट्यो ।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ५.५१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ४.७५ प्रतिशतले घट्यो ।

Page Views: 43
संबन्धित शिर्षकहरु
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama