Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दाउन्नेमा दुई सवारीसाधन ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

- shuvadmin / शनिबार, फागुन २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बुटवल, पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा दुई सवारीसाधन ठोक्किएका छन् । शुक्रबार राति ट्रक र बस ठोक्किएका हुन् ।

यसले गर्दा पूर्वपश्चिम राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । सवारीसाधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म पुगेको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको र अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

चालकहरूले लेन मिचेर सवारी चलाउनाले दुई सवारीसाधन ठोक्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो क्षेत्रमा सडक भत्किएर खाल्डाखुल्डी भएका छन् । साथै सडक विस्तारको काम पनि भइरहेको छ ।

यसले गर्दा सवारी चालक र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् ।

Page Views: 49
संबन्धित शिर्षकहरु
गर्मीका कारण विद्यालय बन्द
फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
ताजा अपडेट
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama