Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको सट्टा गहुँत

- shuvadmin / सोमबार, फागुन २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौँडा, मकवानपुरका किसानले विषादीको विकल्पमा गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेका छन् ।

व्यावसायिक कृषिको आरम्भ भएसँगै बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइराखेका बेला यहाँका किसानले प्राकृतिक उपचार अपनाउन थालेका हुन् ।

व्यावसायिक तरकारी खेती हुने मकवानपुरका मनहरी, थाहा, बकैया, हेटौँडामा रासायनिक मल र विषादीको प्रयोग धेरै हुने गरेको छ ।

मनहरीका किसानले गाईको मलमूत्रलाई औषधीका रूपमा बालीनालीमा प्रयोग गर्न थालेका छन् ।

मकवानपुर मनहरी गाउँपालिका–१, मकरीका देवराज न्यौपानेले तरकारी खेतीका लागि आवश्यक विषादी अर्गानिक रूपमा बनाएर प्रयोग गर्न थालेका
हुन् ।

चार वटा गाई र पाँच वटा बाच्छाबाच्छी पाल्दै आउनुभएका न्यौपानेले गहुँत सङ्कलनका लागि ट्याङ्कीसमेत निर्माण गरेका छन् ।

गहुँतमा पानी मिसाएर एक इन्चको मोटरले पानी र मूत्र सबै तरकारीमा हाल्ने गरेको उनले बताए । “गहुँत हाल्न थालेपछि मैले विषादी प्रयोग गर्नुपरेको छैन, गहुँतका कारणले किराको प्रकोप घट्दै गएको छ,” न्यौपानेले भने ।

बालीका लागि गहुँत विषादी जस्तै प्रभावकारी भएको उनको भनाइ छ । सबै किसानलाई विषादीको विकल्पमा गहुँत प्रयोग गर्न पनि सुझाव दिए ।

चार वटा प्लास्टिक हाउस ९टनेल० मा गोलभेँडा खेती गरिरहेका उनले अन्तरबालीका रूपमा बन्दाकोभी पनि लगाएका छन् ।

उनले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै साढे दुई लाख रुपियाँसम्मको बिक्री गर्दै आएका छन् ।

तरकारीसँगै केराखेती पनि गर्दै आउनुभएका उहाँले केरामा विषादीको प्रयोग गरेका छैनन् ।

“केराको कोसा ठुलो बनाउन कुनै भिटामिन र रासायनिक औषधि हालेका छैनौँ, हाम्रो बच्चाले र वरिपरिकाले पनि यही केरा खानु पर्छ,” उनले भने ।

निजगढबाट बीउm ल्याएर नौ कट्ठा क्षेत्रफलमा माल्पा जातको तीन सय बोट केरा लगाएका न्यौपानेले वार्षिक तीन लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
२३ वर्ष भारतमा सवारी चालकका रूपमा काम गरेका न्यौपाने कोरोनाको महामारीपछि नेपाल फर्किएर आफ्नै गाउँमा केही गरौँ भन्ने सोचका साथ व्यावसायिक कृषि कर्ममा लागेका हुन् ।

कृषि र पशुपालनसँगै गरिरहनुभएका न्यौपानेले दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । गाईका लागि १० कट्ठा क्षेत्रफलमा जै घाँस र नेपिएर लगाएका छन् ।

वार्षिक सात लाख रुपियाँभन्दा बढीको दुध बिक्री गर्ने न्यौपानेले सबै खर्च कटाएर दूध बिक्रीबाट चार लाख रुपियाँ खुद आम्दानी गर्ने गरेको बताए ।

घरपरिवार मिलेर कृषि र पशुपालन गरिरहेका उनले यसकै आम्दानीबाट छोराछोरीलाई उच्च शिक्षा पढाए । कृषि कामका लागि जनशक्ति अभाव हुँदा समस्या भोग्नुपरेको उनले बताए ।

भारतबाट आउने केरा, तरकारीका कारण नेपाली किसान मर्कामा परेको गुनासो पोख्दै उनले उचित बजारमूल्य नपाएको गुनासो गरे ।

उनले सरकारलाई समेत नेपाली किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीले उचित मूल्य पाउने वातावरण सिर्जना गरिदिन आग्रह गरे ।

Page Views: 70
संबन्धित शिर्षकहरु
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama