Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भन्सारमै बिग्रन थाल्यो तेह्र सय मेट्रिक टन मल

- shuvadmin / बुधबार, फागुन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिन्धुपाल्चोक, करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ ।

भन्सार कार्यालयको खुला गोदाममा थन्किएको ५० किलोका दुई हजार छ सय बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ ।

कृषि सामग्री केन्द्र र आयातकर्ता बिच मूल्य यकिनमा विवाद हुँदा सो रासायनिक मल भन्सार कार्यालयमै रोकिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।

सिनोम्याक्सरसिल्क मार्केट र अर्को एक फर्मको जोइनभेन्चरमा चीनबाट सो मल आयात भएको थियो ।

गत वर्ष पनि करिब डेढ वर्षसम्म त्यत्ति नै परिणामको मल थन्किएको थियो । आयातकर्ता र कृषि सामग्री केन्द्रबिच आपसी समझदारीमा मल राजधानी पठाइएको थियो।

तर, यस पटक भने लामो समयसम्म केन्द्र र आयातकर्ताबिच विवाद नटुङ्गिएपछि मल थन्किएको छ ।

आयातकर्ता र केन्द्रबिच मलको मूल्यको विषयलाई लिएर उच्च अदालतमा मुद्दा परेको थियो ।

अदालतले दुवैलाई मध्यमार्गी बाटो अपनाएर मलको विषय टुङ्गाउन आदेश दिएको छ ।

अदालतको आदेशबमोजिम केन्द्र र आयातकर्ताले समन्वयात्मक बाटोबाट समस्या समाधान गरेर मल राजधानी पठाउनुपर्ने छ ।

तर, अहिलेसम्म उनीहरू बिच समन्वयसमेत हुन सकेको छैन । त्यसकारण मल भन्सारकै गोदाम थन्किएको छ भने यत्ता कृषकहरू मल अभावमा बालीमा प्रयोग गर्न पाएका छैनन् ।

केन्द्रले सिनोम्याक्सरसिल्क मार्केट र अर्को एक फर्मलाई मल आयातका लागि ठेक्का दिएको थियो ।

तातोपानी भन्सारले उक्त मल जफत गरेर राजधानी पठाउन पनि सकेको छैन ।

जाँचपास गर्नेबाहेक भन्सार कार्यालयलाई जफत गर्ने अधिकार नदिएको भन्सार कार्यालयले जनाएको छ ।

केन्द्र र आयातकर्तालाई छिटो विवाद टुङ्गाएर मल जाँचपास गरेर राजधानी लैजान भन्सारले आग्रह गरिरहेको छ ।

कृषि सामग्री केन्द्रले परीक्षणकर्ता तोकेर मलको ल्याब टेस्ट गरेपछि बालीनालीमा प्रयोग गर्न उपयुक्त छ कि छैन भनेर यकिन गरेपछि मात्रै भन्सारले जाँचपास गर्ने छ ।

भन्सार अधिकृत काफ्लेका अनुसार सबै प्रक्रिया पूरा गरेर आएमा मल जाँचपास गरिने बताए ।

तर, अहिलेसम्म दुई पक्षबिच सहमति भएर आएको छैन् । त्यसकारण मल भन्सार गोदाममै थन्किएकाले भन्सारमा अरू सामान गोदाम गर्न समस्या भइरहेको छ ।

Page Views: 56
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama