Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बागलुङको पश्चिमीक्षेत्र निसीखोला गाउँपालिका निसेलढोरमा बत्ती पुगेन, अझै दियालोको भरमा

- shuvadmin / आइतबार, चैत ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बागलुङ, बागलुङको पश्चिमीक्षेत्र निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन उति नै कष्टकर छ ।

निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर नै चलेको छ तर अधिकांश कठिन भूगोल रहेको निसीको ग्रामीण जनजीवन अत्यासलाग्दो छ ।

निसी भल्कोटबाट करिब आठरनौ घण्टाको पैदलयात्रापछि मात्रै पुग्न सकिने निसेलढोर सडक सञ्जालसँग अझै जोडिएको छैन् ।

विद्यालय भवन जीर्ण छन् । निमावि तहको अध्ययन गर्न बेसीको बोबाङ झर्नु पर्छ । प्रशस्त खानेपानीका मुहान छन् तर पर्याप्त धारा छैनन् ।

बालविवाह बढ्दो छ, चेतना छैन । सामाजिक स्वास्थ्य एकाइ छ, जनशक्ति छैन । निसेलढोरमा गतवर्ष मात्रै फोन सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले दुर्गम र पर्यटकीय क्षेत्रमा फोरजी चलाउने अभियान चलाएपछि निसेलढोर सञ्चार सुविधासँग जोडियो तर दियालोले फोनलाई ऊर्जा मिल्दैन् ।

जसोतसो सञ्चार सुविधा प्राप्त गरेका निसेलढोरबासी विद्युतीकरण नहुँदा अहिले पनि उज्यालोका लागि दियालोको सहारा लिन विवश छन् ।

त्यहाँ विद्युत् विस्तार गर्न पोल गाडेको झन्डै तीन वर्ष बितिसक्यो । विद्युत् आपूर्ति हुने आशामा त्यहाँका घर घरमा वायरिङसमेत गरिएको छ ।

तर, विद्युत् विस्तार नहुँदा दियालोको उज्यालोमा रात गुजार्नु परेको स्थानीय खुमा विश्वकर्माले गुनासो गरे ।

निसेलढोरका ५५ घरपरिवारमध्ये केहीले सोलार बत्ती प्रयोग गरेपनि अधिकांशले उज्यालोका लागि लेकाली सल्लाको रुखबाट प्राप्त हुने दियालोको सहारा लिनुपरेको छ ।

विद्युत् नहुँदा गाउँमा जङ्गली जनावरदेखि चोरीसम्मको डर हुने गरेको विश्वकर्माको भनाइ छ ।

“घर घरमा वायरिङ गर्दा र पोलहरू गाड्दा गाउँमा छिट्टै विद्युत् आउने विश्वास थियो, वायरिङ बिग्रन थालिसक्यो बिजुली आउने पत्तो छैन,” विश्वकर्माले भने ।

निसेलढोरमा विद्युत् विस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ मा विनियोजन गरेको ३१ लाख रुपियाँ बजेटबाट पोल गाड्ने काम भए पनि ट्रान्सफर्मरलगायतका सामग्री खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो ।

विद्युतीकरणका लागि गाउँपालिकाले निरन्तर प्रयास गरे पनि सफल भने हुन सकेको छैन् ।

“ढोरपाटन भुजी लघु जलविद्युत् आयोजनाको विद्युत् जोड्ने गरी केही पोल गाड्ने काम भए पनि बजेट फ्रिज हुँदा कामै अघि बढ्न सकेन,” निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले भने ।

विद्युत् नपुगेको ठाउँमा सोलार जोड्ने योजना पनि सफल हुन नसकेको घर्ती मगरले सुनाए ।

गण्डकी प्रदेश सरकारसँग छलफल चलिरहेकाले निसेलढोरमा छिट्टै विद्युतीकरण हुने विश्वास उनको छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले प्रदेश सरकारले गाडेका पोलहरू प्राधिकरणलाई हस्तान्तरण गरे निसेलढोरमा छिट्टै विद्युत् विस्तार हुने बताए ।

प्रदेश सरकारले गाडेका आठ मिटर अग्ला पोलहरू ११ केभी लाइन प्रसारण गर्ने मानकका नभए पनि काम भने अघि बढाउन सकिने उनको भनाइ छ ।

Page Views: 49
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama