Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मध्यपश्चिम विश्वविद्यालयमा अकस्मात रोकियो परीक्षा, विद्यार्थीले छाडे लेख्दालेख्दैको कापी

- shuvadmin / आइतबार, चैत ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धनगढी, मध्यपश्चिम विश्वविद्यालयमा परीक्षा चल्दाचल्दै स्थगित भएको छ।

‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौं समेष्टरको मध्यवर्ती (मिड टर्म) परीक्षा आइतबार बिहान चल्दाचल्दै अकास्मात् स्थगित भएको हो।

विश्वविद्यालयले परीक्षा स्थगित गरेपछि विद्यार्थीहरूले लेख्दा लेख्दैको उत्तरपुस्तिका छाडेर हिँड्नुपरेको छ।

विश्वविद्यालको एक जना विभागीय प्रमुखले स्ववियु चुनाव बिथोलिने भनेर निर्वाचन समितिले पत्र पठाएपछि शनिबार रातारात केन्द्रीय विभागीय प्रमुखहरूको बैठक बसेर आइतबारदेखि हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय भएको बताए।

चैत ३ गते बिहान ७ बजेदेखि परीक्षा सञ्चालन गर्ने सूचना फागुन २५ गते नै प्रकाशित भएको र त्यहीअनुसार परीक्षा सञ्चालन गरिएको उनले बताए।

ुत्यो निर्णय गरिएको बैठकमा सबै विभागीय प्रमुखहरू सहभागी थिएनन्।

रातारातको निर्णयबारे सबै विद्यार्थी र विभागीय प्रमुखहरूलाई थाहा हुने कुरा पनि भएन। बिहान परीक्षा चलिरहेकै बेलामा उहाँहरू स्थगित भएको सूचना दिएर परीक्षा भनिएको रहेछ, उनले भने।

ती विभागीय प्रमुखका अनुसार बिहान सवा ६ बजे निर्वाचन समितिका संयोजक दिपेन्द्र थापाले परीक्षा स्थगित भएको चिठी थमाएको बताए।

उनका अनुसार त्यतिबेलासम्म परीक्षार्थीले उत्तरपुस्तिका लेख्न थालिसकेका थिए।

ुनिर्वाचन समितिलाई सहयोग गर्नुपर्‍यो भनेपछि रोकिएको हो। यो विभागले गरेर रोकिएको होइन,ु उनले भने। मिड टर्म परीक्षा भए पनि यसबाट २० प्रतिशत अंक जोडिने उनले बताए।

सो विश्वविद्यालयमा चैत १८ गते स्ववियु निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिका चैत १ गते प्रकाशन भएको थियो।

निर्वाचन समितिका संयोजक थापाले स्ववियु चुनावको कार्यक्रम चैत १ गतेमात्रै सार्वजनिक भएका कारण २ गतेमात्रै निर्वाचन समितिको बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताए।

ुस्ववियु चुनावमा आचारसंहिताको कुरा आउँछ। त्यसकारण परीक्षा रोकौं भनेर हामीले विभागीय प्रमुखहरूलाई अनुरोध मात्रै गरेका हौंं, उनले भने।

Page Views: 73
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama