Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पुँजीबजारको ओरालो यात्रा थामियो, नेप्से परिसूचक २६ अङ्कले बढ्यो

- shuvadmin / सोमबार, चैत १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दूमा कायम भएको हो ।

विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता सेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैङ्किङ शून्य दशमलव ७१, विकास बैङ्क शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीवन बीमा एक दशमलव ४६ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ४४, निर्जीवन बीमा शून्य दशमलव ६५, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५० प्रतिशतले बढेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयरमूल्य आज सबैभन्दा धेरै नौ दशमलव ५१ प्रतिशतले बढ्को छ ।

सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ६९ लाख ७७ हजार ५७८ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।

Page Views: 21
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे
शिखर पावर डेभलपमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
ताजा अपडेट
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama