Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतबाट थप चार सय छ मेगावाट विद्युुत् आयात

- shuvadmin / शनिबार, चैत १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, छिमेकी मुलुक भारतबाट नेपालमा थप ४०६ मेगावट विद्युुत् आउन थालेको छ ।

भारतले थप चार घण्टा विद्युत् दिने सहमति गरेसँगै ४०६ मेगावाट विद्युुत् आउन थालेको नेपाल विद्युुत् प्राधिकरणले जानकारी दिएको छ ।

यससँगै अहिले बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध हुुने प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो ।

प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले बिहीबार राति १२ बजेदेखि नै भारतबाट विद्युुत् आउन सुरु गरेको जानकारी दिए ।

राति १२ बजेदेखि बिहान ४ बजेसम्म बिजुुली आएको उनले बताए । थप ४०६ मेगावाट विद्युुत्को आयातसँगै उद्योग क्षेत्रमा आपूर्ति व्यस्था सहज हुने उनले जानकारी दिए ।

आयातित विद्युत् ढल्केबर–मुजप्फरपुर प्रसारण लाइनबाट ल्याइने छ ।

भारतले चार सय केभी ढल्केबर–मुजप्फरपुरबाट छ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ ।

प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ ।

गत मङ्सिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो ।

चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ ।

यस अनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । आइएक्सबाट हालसम्म दिउँसो साढे पाँच सय मेगावाटसम्म आयात हुँदै आएको छ ।

नेपाल–भारत विद्युत् आदानप्रदान समितिबाट पनि नेपालले बिजुली आयात गर्दै आएको छ  ।

पिइसीमार्फत ३५० मेगावाट आयात गर्न पाइने भएपनि नेपालले दुई सय मेगावाट मात्र ल्याउने गरेको छ ।

हाल भारतले आगामी जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा एक हजार चार मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

भारतले गत १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो ।

अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म छ सय मेगावाट विद्युत् आयात गर्न पाइने भएको हो ।

रातको समयमा विद्युत् आयात गर्न पाउँदा त्यस अवधिमा पिकिङ रन अफ दी रिभर आयोजनाहरू बन्द गरी पानी जम्मा गर्न सकिने र त्यस्तो विद्युत् पिक आवरमा उत्पादन गर्न सकिने छ ।

उद्योगीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङले औद्योगिक उत्पादनमा ५० प्रतिशतले कमी आएको छ ।

थप बिजुुली आएसँगै औद्योगिक क्षेत्रमा आपूूर्तिमा सहज हुने छ ।

सिमेन्ट उत्पादक सङ्घ, स्टिल उत्पादक र धागो उत्पादक सङ्घले हालै पत्रकार सम्मेलन गरेर लामो लोडसेडिङका कारण औद्योगिक क्षेत्रमा ठूलो असर परेको बताएका थिए ।

भारतबाट थप बिजुली आयात भएसँगै औद्योगिक क्षेत्रका लागि बिजुली आपूर्ति सुनिश्चित भएको भन्दै सिमेन्ट उत्पादक सङ्घले सरकारको पछिल्लो निर्णयलाई स्वागत गरेको छ ।

Page Views: 57
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama