Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो : सभापती देउवा

- shuvadmin / आइतबार, चैत १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

डडेल्धुरा, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाल हिन्दू धर्म हिन्दू संस्कृति मान्ने राष्ट्र भएको बताएका छन् ।

डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आइतबार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दू परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताएका हुन् ।

हिन्दू धर्म मान्ने हाम्रो परम्परा होू, उनले भने, गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाइँदैन् । कडा कानून छ । यसलाई अझै कडाईका साथ लागू गर्ने छौं ।

माघे सङ्क्रान्तिका दिन स्नान गर्नेको घुइँचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठूलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएको बताए ।

हाम्रो बाजे पूर्खाहरूको चिहान होू, उनले भने, उहाँहरूलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।

सेती नदी र सकायल नदी गाडको सङ्गमस्थल विभिन्न ऋषि मूनीहरूले तपश्या गरेको पवित्र स्थान भएको बताउँदै उनले यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक आफू पुगेको स्मण गरे ।

गहानान क्षेत्रकै माथि डाँडोमा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झदै उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरूको पवित्र स्थलमा रूपमा गहनान रहेको बताए ।

यहाँ विभिन्न देवताका मन्दिरहरू छन् । उनले भने, घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम जाने गर्दथे ।

त्यसलाई फर्सनान भनिन्थ्यो । घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पुर्खौंदेखि रहिआएको उनले बताए ।

धार्मिक पर्यटन प्रवर्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ ।

डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४, गन्यापधुरा गाउँपालिका ५ र डोटी जिल्लाको शिखर नगरपालिका १० को सङ्गमस्थल बानेडुग्रीसैनमा अवस्थित गहनान धामुमा महायज्ञको आयोजना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तीन वटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको उनले बताए ।

उनका अनुसार गहनान क्षेत्र विकास समितिले चैत १७ गतेदेखि २५ गतेसम्म श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१ आयोजना गरेको हो ।

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले गहनानसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका कामअघि बढाउन कांग्रेस सभापती देउवालाई ज्ञापन पत्रसमेत बुझाए ।

गहनान् क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध निर्माण, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआइसिंह गाउँपालिका जोड्ने सडक निर्माणका लागि मागपत्रसहित ज्ञानपत्र बुझाइएको उनले बताए ।

Page Views: 62
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama