Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तुम्चको कर्णाली नदीमा निर्माणमा बेलिब्रिज निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती

- shuvadmin / मङ्गलबार, चैत १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हुम्ला, सर्केगार्ड, अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरूँ गाउँपालिकालाई जोड्ने तुम्चको कर्णाली नदीमा निर्माण सुरु भएको बेलिब्रीज अलपत्र अवस्थामा रहेको छ ।

पुल निर्माण नभएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् । पुल निर्माणको जिम्मा पाएको रबीचन्द्र जेभीले पुल निर्माणमा ढिलाइ गरेको हो ।

कम्पनीका प्रतिनिधि वसन्त थापाले भने भुक्तानी नपाएपछि रोकिएको बताए ।

पुल मुगुको पुर्वाधार विकास कार्यालय र सोरूँ गाउँपालिकाको लागत साझेदारीमा निर्माण कार्य सुरु भएको थियो ।

उनले सोरूँ गाउँपालिकाले लागत बेहोर्ने एक करोड तीस लाख रुपियाँ नदिने भएपछि नब्बे प्रतिशत काम सम्पन्न गरेर पनि बाँकी काम जानी जानी भुक्तानी कै कारण सम्पन्न नगरिएको बताए ।

पुलको मुगु पट्टी सबै स्टिल पार्टको जडान कार्य सम्पन्न भएको छ । तर, हुम्ला तर्फ भने थोरी स्टिल पार्ट जडान गर्न बाँकी राखिएको छ ।

जडानका लागि सामान भए पनि त्यति कै खाली राखिएको उनले बताएका छन् ।

सम्झौता अनुसार काम पनि गराउन लगाउने तर बजेटको व्यवस्था गर्न नसक्ने भएपछि बेलिब्रीजको थोरै काम बाँकी राखेर काम रोकेको उनले भने ।

साठी मिटर लम्बाई रहेको सो बेलिब्रीजका लागि त्रिपक्षीय सम्झौता अनुसार चार करोड ९६ लाख रुपियाँ लागत लाग्ने गरी सम्झौता भएको थियो ।

त्यस मध्य तीन करोड ६६ लाख रुपियाँ पूर्वाधार विकास कार्यालयबाट निर्माण कम्पनीले गत वर्ष नै भुक्तानी लिई सकेको थियो ।

उनले गाउँपालिकाबाट भुक्तानी आउने निश्चित भएपछि एक दिन मै पुलको बाँकी निर्माण कार्य पुरा गर्न सकिने बताए ।

सोरूँ गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले यस आवमा बाँकी बजेटको व्यवस्था गरेर निर्माण कम्पनीलाई दिने तयारी भई रहेको बताए ।

कर्णाली कोरिडोरको हुम्ला जिल्लाको तुम्चबाट मुगुको सोरूँ गाउँपालिका जोड्नका लागि नजिक पर्ने भएको कारण नदीमा बेलिब्रीज निर्माण कार्य भएको उनले बताएका छन् ।

सोरुवासीलई गमगढी भएर जान लामो सडक पार गर्नु पर्ने तर हुम्लाको तुम्च भएर सुर्खेत नेपालगन्ज जान नजिक पर्ने भएको कारण प्रदेश सरकारसँगको निक्कै लामो प्रयासपछि बेलिब्रीज निर्माणका लागि बजेटको व्यवस्था गरिएको उनले भने ।

Page Views: 64
संबन्धित शिर्षकहरु
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama