Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बबई बहुमुखी क्याम्पसमा सुन्दरम गुप्ता विजयी

- shuvadmin / मङ्गलबार, चैत १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बर्दिया, मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका तर्फबाट नेपाल विद्यार्थी संघका सुन्दरम गुप्ता विजयी भएका छन् ।

नेपाल विद्यार्थी संघकातर्फबाट उम्मेदवार बनेका गुप्ताले तीन सय ४१ मत प्राप्त गरेर विजयी भएका हुन् ।

यससँगै बबई बहुमुखी क्याम्पसमा नेविसंघ पुनः २० वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनमा फर्किएको छ ।

यस अघिका निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले कब्जा जमाउदै आएको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनबाट नेविसंघ स्व्तन्त्र विद्यार्थी युनियनमा फर्किएको हो ।

यसैगरी, उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार लक्ष्मण भण्डारीले दुई सय ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सचिवमा आखिल क्रान्तिकारीका देवेन्द्रबहादुर थापाले तीन सय ८६ मत प्राप्त गरेर विजयी भएभने उनका प्रतिद्वन्द्वी निशाकमारी चौधरीले दुई सय १७ मत प्राप्त गरेका छन् ।

यसैगरी, कोषाध्यक्षमा नागरिक विद्यार्थी समाजका सोनम थारु तीन सय ६१ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी पारसकुमार बानियाले दुई सय २९ मत प्राप्त गरे ।

यसैगरी, सदस्यामा अञ्जली पाण्डे, प्रदिप बुढाथोकी, मो।असिफ गद्धी, शिवानन्द यादव विजयी भए ।

समानुपातिकतर्फ नेपाल विद्यार्थी संघले दुई सय ५०, अनेरास्ववियुले दुई सय २३ र अखिल क्रान्तिकारीले एक सय २८ मत प्राप्त गरेका छन् भने समानुपातिकतर्फ १७ मत बदर हुदा प्रत्यक्षतर्फ भने सात मत बदर हुँदा कुल मतदाता सात सय ६७ रहे पनि जम्मा मत छ सय १७ मत खसेको थियो ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवारी दिएका सुन्दरम गुप्तालाई माओवादी निकट अखिल क्रान्तिकारी, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले समर्थन गरेका थिए भने एमाले निकट अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियनका लक्ष्मण भण्डारीलाई नेकपा माओवादी निकट अखिल समाजवादीले समर्थन गरेका थिए ।

Page Views: 59
संबन्धित शिर्षकहरु
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama