काठमाण्डू, साताको कारोबारको दोस्रो दिन सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
आज नेप्से परिसूचक १५ दशमलव ५७ अङ्कले घटेर २६७७ दशमलव ५५ को विन्दूमा पुगेको छ ।
मङ्गलवार ३२० कम्पनीका ५६ हजार ५४८ पटकको कारोबारमा एक करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० रुपैयाँ रहेको छ । ४२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ ।
१३ उपसमूहमध्ये १२ वटा घट्दा व्यापार समूहमा हरियाली छाएको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।