Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईपीएलमाम हैदराबादमाथि कोलकाताको फराकिलो जीत

- shuvadmin / शुक्रबार, चैत २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत दुई अस्थिर टोलीबीच भएको खेलमा कलकता नाइट राइडर्सले फराकिलो अन्तरले सनराइसजर्स हैदरबादलाई हराएको छ ।

मुम्बई इइिडयन्ससँगको पछिल्लो खेलमा ब्याटिङ कमजोर भएपछि आलोचित बनेको कोलकाताले बिहीबार भएको खेलमा शानदार कमब्याक गर्दै हैदराबादलाई ८० रनको फराकिलो अन्तरले हराएको हो ।

२८६ रन बनाउँदै आईपीएल २०२५ मा सनसनीपूर्ण सुरुवात गरेको हैदराबाद भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।

चार दिनअघि मुम्बईसँग ११६ रनमा समेटिएको कोलकाताले हैदराबादसँगको खेलमा ६ विकेटको क्षतिमा २०० रन जोडेको थियो ।

कलकताका लागि उपकप्तान बैंकटेस ऐयारले २९ बलमा ६० रन जोडे । यस्तै रिङ्कु सिंह अविजित रहँदै १७ बलमा ३२ रन बनाउन सफल भए ।

यी दुई जमेपछि कलकताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो । यसअघि कप्तान अजिक्य रहाणे र अङ्कगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

रहाणेले ३८ तथा रघुवंशीले ५० रन जोडे ।

Page Views: 53
संबन्धित शिर्षकहरु
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
विमानस्थलबाट अध्यक्ष नेम्वाङ र महासचिव राईलाई फर्काइयाे
रुपन्देहीको क्रिकेट संघमा हरिबहादुर थापा
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama