Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईपीएलमा पन्जाब किङ्सको पहिलो हार, राजस्थानसँग ५० रनले पराजित

- shuvadmin / आइतबार, चैत २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इण्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्सले पहिलो हार व्यहोरेको छ।

शनिबारराति भएको खेलमा राजस्थान रोयल्ससँग पन्जाब ५० रनले पराजित भएको हो।

२०६ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो। खराब सुरुवात गरेको पन्जाबका लागि नेहाल वादेराले सर्वाधिक ६२ रनको इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्।

ग्लेन म्याक्सवेलले ३० रन, प्रबसिमरन सिंहले १७ रन तथा कप्तान श्रेयश अयर १० रनमा आउट भएपछि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रन जोडेको थियो।

राजस्थानका ओपनर यशस्वी जैसवालले ६५ रनको योगदान गरे। कप्तान सञ्जु सामसनले ३८ रन जोड्दा रियान पराग ४३ रनमा नटआउट रहे।

पन्जाबका लकी फर्गुसनले २ विकेट लिए भने मार्को जेनसेन र अर्शदीप सिंहले समान १ विकेट लिए।

यो हारपछि पन्जाब चार अङ्कसहित तेस्रो स्थानमा छ भने राजस्थान समान अङ्कसहित सातौं स्थानमा उक्लिएको छ।

Page Views: 56
संबन्धित शिर्षकहरु
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama