काठमाण्डू, चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन) सम्म नेपालमा १० खर्ब ५१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ ।
यो गत वर्षको सोही अवधिमा ९ खर्ब ६१ अर्ब रूपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो ।
फागुन महिनामा मात्र १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ । पुस महिनासम्म रेमिटेन्सको भित्रिने दर घट्दै गएको भएपनि हालको वर्षको अन्तिम महिनामा सुधारको संकेत देखिन थालेको छ ।
मंसिर महिनामा १ खर्ब १८ अर्ब र पुसमा १ खर्ब २२ अर्ब रेमिटेन्स भित्रिएको थियो । यसरी, पछिल्लो २५ महिनादेखि लगातार मासिक रूपमा एक खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ ।
यस वर्षको सात महिनामा नेपालबाट ६ अर्ब ३५ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिर गएको छ।
गत वर्षको पहिलो सात महिनामा भने ४ अर्ब ८१ करोड रूपैयाँ बाहिर गएको थियो, जुन एक महत्वपूर्ण वृद्धि दर्शाउँछ ।
यस बीचमा वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि वृद्धि भएको छ ।
सात महिनामा वैदेशिक रोजगारीको लागि ५ लाख ३४ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएका छन्, जुन गत वर्षको तुलनामा १४.१७ प्रतिशतले वृद्धि भएको हो ।