Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुर्गम भेगका बिद्यार्थीका लागि नि: शुल्क चिनियाँ भाषा शिक्षा

- shuvadmin / बिहिबार, चैत २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, इन्टरनेसनल स्काउट भोलिन्टियर ग्रूप नेपाल (आईएसभीजी) ले अब दुर्गम भेगका बिद्यार्थीका लागि चाइनिज भाषा सिकाउने कार्यक्रम सुरु गर्ने भएको छ। 

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी दिइएको हो।

प्रतिभाशाली विद्यार्थीहरूलाई रोजगारीको अवसर पनि सुनिश्चित हुने गरी गरिएको यो कार्यक्रम पूर्णतस् निःशुल्क हुनेछ।

चीनको हिसान मिडियासँगको सहकार्यमा यो कार्यक्रम गर्न लागिएको हो।

आईएसभीजीले यो कार्यक्रमको समग्र व्यवस्थापन गर्नेछ। संस्थाका अध्यक्ष अजित खड्काले देशका सबै जिल्लाबाट विद्यार्थीहरू छानिने जानकारी दिए।

हिसान मिडियाका अध्यक्ष नी हाइसानले नेपाल-चीन सम्बन्धलाई अझ बलियो बनाउन भाषा र संस्कृतिको माध्यम प्रयोग गरिने बताए।

‘म सामान्य परिवारबाट आएको व्यक्ति हुँ, त्यसैले नेपालका टाढाका गाउँबाट आएका युवाहरूलाई पनि अवसर दिन चाहन्छु,’ उनले भने।

‘माछा दिएर होइन, माछा मार्न सिकाएर आत्मनिर्भर बनाऔँ। हाम्रो उद्देश्य पनि दिगो सीप विकास नै हो,’ हाइसानले भने।

भाषा सिकाउने कार्यक्रम मात्र होइन, स्वास्थ्य र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा समेत हिसान मिडियाले नेपालमा सहकार्य गर्न चाहेको जनाएको छ।

चीनमा यस्तै काम गर्दै आएको हिसान अब नेपालमा पनि त्यही अनुभव प्रयोग गर्दै अगाडि बढ्न चाहन्छ।

हिसान मिडियाका अनुसार यी परियोजनाहरूले नेपाली युवाहरूको भविष्य उज्यालो बनाउने, दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने, र नेपाल-चीन मित्रतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

Page Views: 24
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama