Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मिथिला बासिन्दामा शीतलता र सहिष्णुताको सन्देश बोकेको जुडशीतल पर्व श्रद्धा र उत्साहका साथ मनाइदैं

- shuvadmin / मङ्गलबार, बैशाख ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुर, तराई मधेश क्षेत्रका मिथिला बासिन्दाले आज परम्परागत जुडशीतल पर्व श्रद्धा र उत्साहका साथ मनाइरहेका छन् ।

विक्रम संवतको नयाँ वर्षको सुरुवातमा मनाइने यो दुईदिने पर्वलाई पहिलो दिन ‘सतुवाइन’ र दोस्रो दिन ‘जुडशीतल’ भनिन्छ । यद्यपि सतुवाइनलाई पनि जुडशीतल पर्वकै अङ्ग मानिन्छ ।

पर्वको पहिलो दिन, वैशाख संक्रान्तिमा, सातथरि अन्न (जौँ, चना, मकै, कँगनो, गहुँ, चामल र मुँग) को सातु र माटोको अङ्खरामा बनाइएको सक्खर मिसाएको सर्वत कूलदेवतालाई चढाइन्छ ।

त्यसपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान दिने र बाँकी आफन्तजनसँग खाने परम्परा रहेको छ ।

पर्वको दोस्रो दिन, घरका ज्येष्ठ सदस्यहरूले कुटुम्बका साना सदस्यहरूलाई शिरमा पानी छर्केर आरोग्यता, चिसोपन र दीर्घायूको आशीर्वाद दिने चलन छ ।

मिथिला क्षेत्रका गन्तव्य पर्वहरूमध्ये जुडशीतललाई कूलदेवता आराधना गर्ने महत्वपूर्ण अवसरका रूपमा मानिन्छ ।

यो पर्वमा पकाइने सम्पूर्ण परिकार पहिले कूलदेवतालाई चढाइन्छ । गर्मी मौसमको शरीरलाई स्वस्थ राख्न जुडशीतलमा दही, चनाको सातु, सोहिजनको तरकारी, बदामको पीठोबाट बनाइएको बरी, दहीमा पकाइएको कढीबरी, काँचो केरा, लौका र परवलसहितका परिकार अनिवार्यझैँ बन्ने गर्छन् ।

मैथिल लोकसंस्कृतिका जानकार, पूर्वप्रशासक तथा साहित्यकार जलेश्वर बखरीका ८७ वर्षीय महेश्वर रायका अनुसार नयाँ वर्षले जीवनमा चिसोपन, सन्तुलन र सुस्वास्थ्य ल्याओस् भन्ने कामना बोकेको यो पर्वमा सुपाच्य र पोषणयुक्त परिकारहरूको विशेष स्थान रहन्छ ।

सहकाल र समृद्धिको प्रतीक मानिने जुडशीतल पर्वमा अनुकूल वर्षाको कामना गर्दै आज मध्यान्ह स्थानीयहरू साथीभाइसँग धुलो, माटो र हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने तयारीमा छन् ।

साथै खेतबारीका रुखबिरुवामा पानी सिञ्चेर वर्षभरि हरियाली र उत्पादनमा कमी नहोस् भन्ने आशय व्यक्त गरिन्छ ।

मिथिला क्षेत्रका सबै जातजातिले समान उत्साहका साथ मनाउने यो पर्व आपसी सद्भाव, एकता र सहयोगको सन्देश बोकेको छ ।

बलवा–१० धमौराका ७० वर्षीय कामेश्वर झा भन्छन्, ‘नयाँ वर्षले खेतीपाती र जीवनमा अनुकूलता ल्याओस् भन्ने आशयले जुडशीतल मनाइन्छ ।’

Page Views: 219
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama