Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वीरगञ्जबाट ६१ हजार ८५९ गाडी भित्रिए, सरकारले असुल्यो १७ अर्ब २२ करोड कर

- shuvadmin / सोमबार, असार ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वीरगञ्ज, वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन्।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन्।

सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ।

चालू आवको ११ महिनामा ५ अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट रु ५ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छ।

रु दुई अर्ब ६३ करोडका एक हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन्।

त्यस्तै सोही अवधिमा रु १ अर्ब ८० करोडका ८३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन्।

त्यसैगरी, चालू आवको ११ महिनामा रु १ अर्ब १६ करोड मूल्य पर्ने ५ हजार २२० ट्र्याक्टर तथा ट्रिलर आयात भएका छन्।

सोही अवधिमा रु एक अर्ब दुई करोड मूल्यका ३७४ वटा बस, रु ६७ करोड मूल्यका १३१ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन्।

सोही अवधिमा रु ६६ करोड मूल्यका २७६ वटा ट्रक, मिनीट्रक आयात भएका छन्।

त्यस्तै, सोही अवधिमा रु ३९ करोड मूल्यका ४ हजार १६० वटा तयारी मोटरसाइकल आयात भएका छन्।

चालू आवको ११ महिनामा १ अर्ब ८४ करोड २३ लाखका सानाठूला २ हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

ती विद्युतीय सवारीसाधनको आयातबाट रु १ अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ।

समग्रमा चालू आवको ११ महिनामा सवारीसाधन आयातबाट १७ अर्ब २२ करोड र पार्टपुर्जासमेतको आयातबाट रु १७ अर्ब ७० करोड राजस्व सङ्कलन भएको छ।

Page Views: 65
संबन्धित शिर्षकहरु
नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
ताजा अपडेट
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama