Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक एकतर्फी सञ्चालनमा

- shuvadmin / मङ्गलबार, असार १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गोरखा, गोरखामा अविरल वर्षाका कारण गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक खण्ड १८ घण्टा पछि एकतर्फी सञ्चालनमा भएको छ ।

आइतबारदेखि परेको अबिरल वर्षाका कारण गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक खण्डअन्र्तगत शहिद लखन गाउँपालिका–७ ढुङगाडेमा सडक भासिएर सोमबार बिहानबाट अवरुद्ध भएको सडक मङ्गलबार बिहानबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

निरन्तर रुपमा परेको अविरल वर्षाले गोरखाको विभिन्न सडकमा क्षति पुगेको छ ।

उक्त सडक अवरुद्ध भएपछि गोरखा सदरमुकामबाट शहिद लखन गाउँपालिका लगायत प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने सवारी साधनहरु मङ्गलबारबाट सहज रुपमा सञ्चालनमा आएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।

सडकै भासिएर झण्डै तीन सय मिटर तल पहिरो गएकाले उक्त पहिरोलाई पन्छाउन शहिद लखन गाउँपालिका, पूर्वाधार कार्यालय गोरखा, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा जेसिबी प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन गरिएको शहिद लखन गाउँपालिकाका–७ वडा अध्यक्ष शरण श्रेष्ठको भनाइ छ ।

अहिले गोरखा सदरमुकामदेखि ढुङ्गाडे, बुङकोट, नाम्जुङ, घैरुङ बतासेदेखि मनकामनासम्म बिना अवरोध सवारीसाधन सञ्चालनमा आइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

Page Views: 64
संबन्धित शिर्षकहरु
नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
ताजा अपडेट
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama