Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विद्युत् प्राधिकरणको लापरबाही, करेन्टले खच्चर मरेपछि किसानको बिजोग

- shuvadmin / मङ्गलबार, असार १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुगु, मुगु छायानाथ रारा नगरपालिका–१०का जग्गी बडूवाल र सोही ठाउँका पृथ्वी बडूवालले खच्चर व्यवसाय गर्दै आएको वर्षौँ भयो ।

ती र ती जस्तै व्यवसायीहरूलाई घर खर्च र गुजारा चलाउन खच्चरकै सहारा छ ।

तर, गत आइतबार जग्गीले नसोचेको घटना भोग्नु पर्‍यो । त्यो दिन जग्गी र छायानाथकै कर्णबहादुर मल्लका समेत गरी १० खच्चड विद्युत प्राधिकरणको ट्रान्सर्फमरबाट लिक भएको करेन्टमा परे ।

करेन्टको झट्कासँगै छटपटाहट मै खच्चरको प्राण गयो, जग्गी, प्रेम र कर्णका प्रिय जनावरमात्रै मरेनन्, आम्दानीको बाटो नै बन्द भयो ।

छायानाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुनेमा रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमरबाट करेन्ट चुहावट हुँदा कर्ण का चार, जग्गी तीन र पृथ्वी का तीन गरी १० वटा खच्चर मरेका हुन् ।

मुगुम कार्मरोङ गाउँपालिमा व्यापारी र योजनाका सामग्री ढुवानी गरेर आफ्नो घर फर्किँदै गर्दा घटना घटेको खच्चर धनी जग्गी बडूवालले बताए ।

प्राधिकरणको लापरबाहीका कारण आफूहरूको कमाई खाने बाटो नै बन्द भएको उनले दुःखेसो पोखे ।

सोही स्थानमा दुई दिन अगाडि कम्फा गाउँका खडकबहादुर बुढाको दुहुनु भैँसीलाई पनि करेन्ट लागेको थियो ।

जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले आफ्नै आँखा अगाडि करेन्ट लागेर भैँसी ढलेको देखेपछि आफैँले तत्कालै प्रमुख जिल्ला अधिकारी र विद्युत प्राधिकरण मुगुका कार्यालय प्रमुखलाई उक्त क्षेत्रको लाइन बन्द गरी ट्रान्सफर्मर मर्मत भनेको बताए ।

तर, विद्युत प्राधिकरणको लापरबाही पुनः दुःखद घटना घटेको उनले बताए ।

अहिले दुर्गन्धले मान्छेलाई बाटोमा हिँड्न समेत मुस्किल भएको छ । प्रहरी र विद्युतका कर्मचारीहरूले घटनाको मुचुल्का बनाई सदरमुकाम फर्किसकेका छन् ।

गाउँलेहरु मरेका खच्चड व्यवस्थापन गर भनेर ताकेता गर्न थालेका छन् ।

विद्युत प्राधिकरणको लापरबाहीले खच्चर मात्रै मरेनन्, आफ्नो व्यवसाय नै चौपट भएको पीडितहरूले गुनासो पोखी रहेका छन् ।

विद्युत प्राधिकरण मुगुका निमित्त कार्यालय प्रमुख मनराज शाहीले आफ्नो लापरबाही नभई आइतबार आएको हुरी बतास र बर्सातका कारण बिजुलीको तार बटारिँदा ट्रान्सर्फमरबाट करेन्ट लिक भएको बताए ।

ठाउँ ठाउँमा विद्युत पुगेको छ । तर, लापरबाहीको कारण जोखिम पनि उत्तिकै बढिरहेको छ ।

गत वैशाखको पहिलो साता ताप्लेजुङको काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर चार जनाको घटनास्थलमै ज्यान गएको थियो ।

अहिले पनि यस्तै प्रकृतिका घटना आइरहेकै छन् ।

यस्ता घटना दोहरिन नदिन प्राधिकरणले लापरबाही गर्न हुँदैन, विद्युतजस्तो संवेदनशील सेवामा सानो गल्तीले समेत जनजीवनमा गम्भीर सङ्कट ल्याइरहेको यी र यस्तै घटनाले देखाइरहेको छ ।

नागरिकको ज्यान र सम्पत्तिमा अपूरणीय क्षति पुर्‍याउनुभन्दा पहिला नै सम्बन्धित निकायले जिम्मेवार बन्न आवश्यक छ ।

Page Views: 57
संबन्धित शिर्षकहरु
आज सातै प्रदेशमा पानी पर्ने
जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama