Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कतारले आकाश मार्ग खुलाएपछि वायुसेवा निगमले थाल्यो उडान, रोकिएका यात्रुको रकम फिर्ता गरिने

- shuvadmin / बुधबार, असार ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, इरानले सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि नेपाल वायुसेवा निगमले बन्द गराएको काठमाडौँ-दोहा उडान खुलाएको छ।

कतारले आफ्नो आकाश मार्ग (एयर स्पेस) खुलाएपछि मंगलबार (असार १०) दिउँसो १:३५ बजेदेखि काठमाडौँ-दोहा-काठमाडौँ उडान पुन: सञ्चालन गरिएको जानकारी वायुसेवा निगमले दिएको हो।

यसअघि कतार सरकारले जुन २३ अर्थात् मंगलबार बिहान सूचना (एनओटीएएम) जारी गरी सम्भावित युद्धजन्य जोखिमका कारण आकाश मार्ग अर्को सूचना नआउन्जेलसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको बताएको थियो।

जसका कारण नेपाल वायुसेवा निगमद्वारा सञ्चालित आरए ( २३९ /२४० (काठमाडौँ-दोहा-काठमाडौँ) उडान असार ९ गते रोकिएको थियो।

तर मंगलबारै इजरायल र इरानबीच युद्धविराम घोषणा भएसँगै कतारले आकाश मार्ग खुला गरेपछि त्यही दिन दिउँसो १:३५ बजे वैकल्पिक विमानको व्यवस्था गरी त्यस विमानका लागि टिकट काटेका यात्रुहरूलाई अर्को विमानमार्फत पठाइएको वायुसेवा निगमले जनाएको छ।

यसबाट भएको असुविधाका लागि वायुसेवा निगमले यात्रुसँग माफी माग्दै जुन २३ मा आरए ( २३९ /२४० विमानका लागि टिकट बुक गराएका र आफ्नो गन्तव्यमा जान नपाएका यात्रुहरूलाई नेपाल वायुसेवा निगमका अन्य नियमित उडानमा निःशुल्क मिति परिवर्तन वा टिकटको पूरा रकम फिर्ता गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

Page Views: 67
संबन्धित शिर्षकहरु
आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
सुनचाँदी दुवैको मूल्य घट्याे
के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
ताजा अपडेट
  • आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
  • स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama