Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाल ३५ लाख धरौटीमा रिहा

- shuvadmin / बिहिबार, असार १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विशेष अदालतले पतञ्जलि समूहलाई जग्गा हदबन्दी छुटमा दिने निर्णयमार्फत आर्थिक अपचलन गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

बुधबार थुनछेक बहस सकिएसँगै विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदूर कोइरालाको इजलासले नेपाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड रुपैयाँ बिगो दाबी गर्दै जेठ २२ गते नेपालसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले पतञ्जलि योगपीठलाई लाभ दिने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको आरोप लगाएको छ ।

अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, विशेष सरकारी वकिल मोहन सागर बस्याललगायतले बहस गरेका थिए ।

नेपालको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती, कृष्णप्रसाद भण्डारी र रमण श्रेष्ठले बहस गर्दै ‘मन्त्रिपरिषद्को सामूहिक निर्णयमा व्यक्तिगत आरोप लगाउन मिल्दैन’ भन्ने जिकिर गरेका थिए ।

नेपालका पक्षबाट ५० जनाले वकालतनामा दिए पनि केहीले मात्र बहस गरेका थिए ।

०६९ सालमै अख्तियारले सो जग्गाबारे अनुगमन गर्न काभ्रेको मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

१३ वर्षपछि त्यसकै आधारमा मुद्दा दायर गरिएको हो ।

Page Views: 78
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama