Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बूढथापा स्मृतिग्रन्थ विमोचित

- shuvadmin / बिहिबार, असार १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आदर्श राजनीतिज्ञ एवं समाजसेवी दिलबहादुर कुँवर (बूढथापा) को जीवनी र योगदानमा आधारित स्मृतिग्रन्थ सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले मङ्गलबार उक्त स्मृतिग्रन्थ विमोचन गरेका हुन् । ।

कार्यक्रममा नेता बडूले अछाम जिल्लामा राजनीति चेतना, शिक्षाको ज्योति छर्न, सामाजिक विभेदविरुद्ध सचेतना फैलाउन र अन्यायका विरुद्ध दह्रो रूपमा उभिइँ पीडितलाई न्याय दिलाउन एमपी बूढथापाको योगदान अविस्मरणीय रहेको चर्चा गरे ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा बूढथापा कांग्रेसको आदर्श राजनीतिज्ञ मात्र नभई शिक्षासेवी, समाजसेवी र सामाजिक कुरुतिविरुद्ध दह्रोगरी उभिने हक्की र निडर स्वभाव रहेको स्मरण गर्दै उनले यस्तो व्यक्तिको जीवनी र योगदानलाई समेटेर स्मृतिग्रन्थ प्रकाशनले अमर राख्ने बताए ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले दिलबहादुर कुँवर (बूढथापा) भौतिकरूपले नभए पनि उहाँको योगदान अछामका गाउँबस्तीमा जीवित रहेको स्मरण गराउनुभयो । समाज सुधारका लागि तपस्या गर्न विवस यस्ता व्यक्तिको बारेमा जति व्याख्या गरे पनि अपुग हुन्छ भन्दै उहाँले अछाम र अछामी जनता पछि नपरेको बताए ।

यो पुस्तकमा बूढथापालाई नजिकबाट चिन्ने र जान्ने ५० जना लेखकको लेख तथा विचार र सात वटा शुभकामना सन्देश राखिएका छन् ।

पूर्वराजदूत एवं पूर्वसांसद बलबहादुर कुँवरले आफ्ना पिता दिलबहादुर कुँवर बूढथापाले करिब नौ वर्ष सैनिक सेवामा रहेर देशको सेवा, अवकासपछि गाउँ गाउँमा पाठशाला स्थापना, वयालपाटामा महेन्द्र मावि स्थापना, गाउँघरमा गोरेटो र घोरेटो बाटो निर्माणलगायत सुधारका काम बारेमा जानकारी दिए ।

२०१५ सालको जननिर्वाचनमा अछाम–बाजुरा नम्बर–७२ बाट निर्वाचित एमपी (सांसद) दिलबहादुर कुँवर (बूढथापा) का ज्येष्ठ सुपुत्र पूर्व राजदूत बलबहादुर कुँवर र बुहारी शान्ता कुँवर श्रेष्ठले उनको जीवनी, राजनीतिक यात्रा, समाजसुधार र योगदानमा आधारित स्मृतिग्रन्थ प्रकाशित गरेका हुन् ।

१९६४ साल असारमा तात्कालीन डोटीको प्रभा गर्खा (गाउँ) श्रीकोटमा जन्मेका बूढथापाको २०५९ भदौमा कैलालीको धनगढीमा निधन भएको थियो ।

अछाम–१ का सांसद शेरबहादुर कुँवरले बूढथापाको योगदान अछामको शिक्षा, स्वास्थ्य, सामाजिक जागरण र विकासमा अविस्मरणीय रहेको स्मरण गरे ।

साँफेवगर नगरपालिकाका पूर्व प्रमुख कुलबहादुर कुँवरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अछाम–२ का सांसद पुष्पबहादुर शाह, पूर्वमन्त्री सुरेश मल्ल, भक्तबहादुर बलायर, गोविन्दबहादुर शाह, पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, पूर्व गभर्नर डा. तिलक रावल लगायतको सहभागिता थियो ।

Page Views: 34
संबन्धित शिर्षकहरु
कालीमाटीको नारायणी कम्पलेसमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा
महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
नेपाल आर्ट एन्ड कल्चर महोत्सव भदौ २० देखि हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama