Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रसुवाको बाढी धादिङ प्रवेश, सतर्क रहन आग्रह

- shuvadmin / मङ्गलबार, असार २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धादिङ, भोटेकोशीमा मङ्गलबार बिहान आएको भीषण बाढी धादिङ प्रवेश गरेको छ । बाढीले जनधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालय उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

त्रिशुली नदीमा आएको भीषण बाढी हेर्नका लागि स्थानीय बासिन्दा सुरक्षित ठाउँमा बसेर हेरिरहेका छन् भने गजुरी, मलेखु, चरौँदीलगायतका स्थानमा बाढी कुरिरहेका छन् ।

बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पु¥याएको जानकारी गराए ।

चीनतर्फबाट आएको बाढीले ठूलो क्षति पुगेको, मितेरी पुल बगाएको र ड्राइपोर्टमा रहेका ईभी पनि बगाएको प्रजिअ पौडेलले जानकारी गराए ।

अविरल वर्षापछि आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको पौडेलले जानकारी दिए ।

नुवाकोटमा त्रिशुली खोलामा आएको बाढीका कारण दाउरा खोज्न गएका किस्पाङ गाउँपालिका वडा नम्बर ४ का मंगली तामाङ र पाल्तेन तामाङलाई नेपाली सेनाको हेलिकप्टेरले उद्दार गरेको छ ।

बाढीबाट जिल्लामा क्षति नपुगोस् उच्च सुरक्षता सतकर्ता अपनाइएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

Page Views: 77
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama