Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भोटेकोशी बाढी : बेपत्तामध्ये १३ जनाको शव फेला, एकको मात्रै परिचय खुल्यो

- shuvadmin / शनिबार, असार २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रसुवा, रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका २० जनामध्ये १३ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार भेटिएकामध्ये एक जनाको मात्रै परिचय खुलेको छ ।

प्राधिकरणले नेपाल/चीन सीमाबाट करिब ३५ किलोमिटरमाथि तिब्बती क्षेत्रमा अवस्थित प्यूरेपू हिमनदीमा रहेको सुप्राग्लेसियल ताल अचानक फुट्दा बाढी आएको जनाएको छ ।

बढ्दो तापक्रम र हिमतालहरूको तीव्र विस्तारका कारण हिमताल विस्फोटका घटना बढ्दै गएका छन् भने हिम/बाढीले महत्त्वपूर्ण पूर्वाधारहरूमा गम्भीर क्षति पुऱ्याएको छ ।

हालैको रसुवाको हिमबाढीले रसुवागढीस्थित नेपाल-चीन मितेरी पुल, रसुवागढी सुक्खा बन्दरगाहको ठूलो हिस्सा र सो क्षेत्रका तीनवटा जलविद्युत् आयोजनामा क्षति पुऱ्याएको छ ।

भन्सार पासको प्रतिक्षामा रहेका ट्रक, कन्टेनर र विद्युतीय सवारीहरू बगाएको र डुबाएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १६ किलोमिटर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवागढी–केरुङ व्यापारिक मार्ग ठप्प हुँदा अरबौं रूपयाँ बराबरको आर्थिक क्षतिको आशंका गरिएको छ ।

सम्बन्धित मन्त्रालयहरू र स्थानीय तहहरूको सहयोगमा क्षतिको विस्तृत मूल्यांकन गर्ने कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

Page Views: 95
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama