Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्की घर हुँदाहुँदै छाउगोठमा सुत्न गएकी थिइन् कमला, सर्पले डस्दा गयो ज्यान

- shuvadmin / आइतबार, असार २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कञ्चनपुर, कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजी महिनावारी भइन्।

त्यसैले पक्की घर छँदाछँदै उनी घरनजिकैको जीर्ण र सानो छाउगोठमा सुत्न गइन्।

त्यही क्रममा शुक्रबार मध्यराति उनलाई ओछ्यानमै सर्पले डस्यो। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा त पुर्‍याइयो तर शनिबार उनको मृत्यु भयो।

इलाका प्रहरी कार्यालय (झलारी) का प्रहरी निरीक्षक राजेश बस्नेतले कमलालाई शुक्रबार राति साढे १२ बजेतिर सुतेकै ठाउँमा सर्पले टोकेको जानकारी प्राप्त भएको बताए।

उनले भने, ‘हिजो (शनिबार) राति उपचारका क्रममा उनको मृत्यु भएको छ।’ प्रहरीले छाउगोठमा सुत्दा हो कि कहाँ भन्ने विषयमा प्रस्ट जानकारी नआएको र बुझ्ने क्रम जारी रहेको बताएको छ।

तर स्थानीयले उनलाई छाउगोठमा सुतेकै बेला करेत सर्पले डसेको नेपालखबरसँग बताएका छन्।

कमलाको सुरक्षित पक्की घर छ। तर, अन्धविश्वासका कारण महिनावारीका बेला उनलाई छाउगोठमा बस्न बाध्य पारिएको थियो।

कमलाको परिवार पहाडी जिल्ला अछामबाट बसाइँ सरेर कञ्चनपुरको निगालीमा आएको हो।

जहाँ रजस्वला भएका बेला घरमै बस्दा देउता रिसाउँछ भन्ने अन्धविश्वास छ। त्यसो त कृष्णपुरमा छाउगोठ भत्काउने अभियान पनि चलाइएको थियो।

‘छाउगोठ हटाउन हामी धेरै लाग्यौँ। तर उहाँहरू अन्धविश्वासमा हुनुहुन्छ।

महिनावारीका समयमा गोठमा नबसाल्नुभन्दा हामीसँग झगडा गर्न आउनुहुन्छ,’ कृष्णपुर नगरपालिका १ का वडाध्यक्ष मोहन बस्नेतले भने, ‘छाउगोठ सानो छाप्रो हुन्छ।

न त्यहाँ बिजुली हुन्छ न त सुत्नलाई राम्रो ठाउँ। कालकोठरीजस्तो हुन्छ। त्यसैले यस्ता घटना भइरहेका छन्।’

पक्की घर हुँदाहुँदै पनि छाउगोठमा बस्दा दुस्खद घटना भइरहेकाले यसतर्फ सबैले सचेतना फैलाउन जरुरी भएको उनले बताए।

Page Views: 67
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama